
पुनर्वासमा अनेरास्ववियुको नगर स्तरीय बैठक सम्पन्न
पुनर्वास – नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको नगर स्तरीय बैठक सम्पन्न भएको छ ।
सोमबार पुनर्वास नगरपालिका–६ मा अवस्थित पुनर्वास न्यु सम्राट रेष्टुरेन्टको सभाहलमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको पुनर्वास नगर स्तरीय बैठक सम्पन्न भएको हो ।
अनेरास्ववियु पुनर्वास नगर ईन्चार्ज नन्दराज जोशीको सभाध्यक्ष तथा नेकपा एमाले सुदुरपश्चिम प्रदेश सदस्य शारदा बिष्टको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको बिशिष्ट अतिथीमा अनेरास्ववियु निर्वाचन आयोग केन्द्रिय सदस्य हिमेश थापा, एमालेका पुनर्वास नगर सचिव काशीराम बोहरा लगायत अन्य नेताहरुको अतिथीमा सहभागिता थियो ।
कार्यक्रमका प्रमुख अतिथी पुनर्वास नगर ईन्चार्ज शारदा बिष्टले सुदुरपश्चिमका हकमा अनेरास्ववियु पुनर्वास निकै सक्रिय रहेको बताईन । अनेरास्ववियुले विधार्थीका हकहित र शैक्षिक क्षेत्रका बेथेतीहरुमा निरन्तर खबरदारी गर्नुपर्ने उनको भनाई थियो ।
त्यस्तै कार्यक्रममा सहभागी अन्य नेताहरुले संगठनमा आवद्ध भईसकेपछि धेरैले संगठनका नाममा आफ्नो कमाउने माध्यम बनाउँदै आएको र यस्ता गतिविधिलाई पार्टिमा रोक्नुपर्ने बताएका थिए ।
कार्यक्रमका सभापति तथा नगर ईन्चार्ज नन्दराज जोशीले पुनर्वास क्षेत्रको शैक्षिक क्षेत्रका बेथितीहरुमा हाम्रो ध्यानाकर्षण रहँदै आएको र आगामी दिनमा पनि सशक्त रुपमा निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गरे ।
पार्टी तथा अनेरास्ववियुका थुप्रै नेताहरुका बीच सम्पन्न कार्यक्रमलाई सञ्चालन जनता बहुमुखी क्याम्पस ईकाईका सहसचिव अपिल नेपालीले गरेका थिए ।