
पुनर्वासमा सबस्टेसन सञ्चालनको तयारी छिट्टै सुचारु हुन्छ : मन्त्री खडका
कञ्चनपुर । सरकारका उर्जा, जलस्रोत तथा सिचाइ मन्त्री दीपक खड्काले कञ्चनपुरको पुनर्वासमा सबस्टेसन सञ्चालनको तयारी तीव रहेकाले छिट्टै सुचारु हुने बताएका छन् ।
विद्युत् विस्तार र सबस्टेसन सञ्चालनको माग गर्दै कञ्चनपुरको पुनर्वास नगरपालिकाको तर्फबाट मन्त्री खड्कालाई ज्ञापनपत्र बुझाइएको थियो । सो ज्ञापनपत्र बुझदै मन्त्री खड्काले सो समस्या चाँडै समाधान हुने प्रतिबद्धता जनाउदै उनले नेपाल विद्युत् प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालय, अत्तरिया कैलालीका प्रमुखलाई चाडो भन्दा चाडो सबस्टेसन सञ्चालनमा ल्याउन निर्देशन दिइसकेको जानकारी दिए।
कञ्चनपुरको दक्षिण भेगका जनताले लामो समयदेखि बिधुतको समस्यया झेल्दै आएका छन् । सो समस्या समाधन भए नियमित विद्युत कटौती र न्यून भोल्टेजको समस्या छिट्टै समाधान हुने अपेक्षा गरिएको छ । नगरपालिकाको पुनर्वास–६ मा सबस्टेसन निमार्णको काम सम्पन्न भएको छ ।
















grg8jc