
पुनर्वासमा सुरु भयो एनफा यु-१४ छात्र/छात्रा फुटबल खेलाडी छनौट प्रतियोगिता
Above Article Content Ad
पुनर्वास – जिल्ला फुटबल संघ कंचनपुरको आयोजनामा पुनर्वासमा एनफा यु-१४छात्र/छात्रा फुटबल खेलाडी छनौट प्रतियोगिता सुरु भएको छ ।
पुनर्वास नगरपालिका-३, ६५ बिगाह स्थित खेलमैदानमा आज मङ्गलबार एक कार्यक्रमका बीच उद्घाटन गर्दै एनफा यु-१४छात्र/छात्रा फुटबल खेलाडी छनौट प्रतियोगिता सुरु भएको हो ।
Article inline ad #1
मङ्सिर २ गते सम्म सञ्चालन हुने सो प्रतियोगितामा सामुदायिक तथा संस्थागत १७ विद्यालयको सहभागिता रहेको फुटबल संघका उपाध्यक्ष तथा खेल संयोजक दाउत तामाङले जानकारी दिए ।
Article inline ad #2

कंचनपुरको दक्षिणी क्षेत्रका खेलाडीहरुको छनौट पुनर्वासमा भएको थियो । भने अन्य पालिकाका खेलाडीहरुको छनौट महेन्द्रनगरमा गरिएको खेल संयोजक तामाङले बताए ।
पाँच क्षेत्रबाट छनौट भएका विद्यालय टिमहरू बीचको प्रतिस्पर्धा महेन्द्रनगर स्थित खुलामञ्चमा हुने आयोजकले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















