Above Article Ad
  • कुण्डा सब डिभिजन वन कार्यालय निशुल्क बिरुवा बितरण गर्दै

    Above Article Content Ad
  • पुनर्वास । कुण्डा सब डिभिजन वन कार्यालय पचकडियाले मंगलबार देखि निशुल्क बिरुवा बितरण सुरु गरेको छ। हरेक बर्षझै यस बर्षपनि निशुल्क रुपमा बिरुवा बितरण सुरु गरीएको हो।

    पुनर्वास नगरपालिकाकाको नगर प्रमुख तोय प्रसाद शर्माको प्रमुख आतिथ्यमा बिरुवा लिन आएकाहरुलाई बिरुवा बितरण गर्दै निशुल्क बिरुवा बितरण सुरु गरिएको थियो।
    डिभिजन वन कार्यालयको सहयोगमा ६० हजार र पुनर्वास नगरपालिकाको सहयोगमा ४० हजार गरी १ लाख बिरुवा बितरण गर्ने सव वन डिभिजन कार्यालय पचकडियाका प्रमुख सहायक वन अधिकृत दिनेश कुमार यादवले बताउनुभयो ।

    Article inline ad #1
  • उहाले आफुहरु संग पारिजात, टिक, अमला, मसला, बकाइनो, कोइरालो, जामुन र निम प्रजातिका बिरुवा उत्पादन गरिएको बताउनुभयो। यस्तै पचास भन्दा कम बिरुवा चाहिए सिधै सब डिभिजनको कार्यालयमा सम्पर्क गर्न समेत उहाले आग्रह गर्नुभयो । पचास बिरुवा को लागि नेपाली नागरिकताको प्रतिलिपि आवश्यक पर्नुका सथै ५१ देखि २ सय ९९ वटा बिरुवा चाहिए जग्गाधनी प्रमाण पत्र को प्रतिलिपि आवश्यक पर्ने उहाँले जानकारी दिनुभयो । ३ सय भन्दा बढी बिरुवा आवश्यक परेको खण्डमा सम्बन्धित वडा कार्यालय बाट सिफारिस चहिने सहायक वन अधिकृत यादबले जानकारी दिनुभयो ।

    Article inline ad #2

    यस्तै बिरुवा बितरण कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले बिरुवा कस्ले कति-कति लगे त्यसको तथ्यांक राख्न आग्रह गर्नुभयो । उहाँले बिरुवा लगेकाहरुको घरमा गई बेलाबेलामा चेकजाँच गर्न समेत कुण्डा वन कार्यालयलाई आग्रह गर्नुभयो। बिरुवा हाम्रो जिवनको महत्वपुर्ण पाटो भएकाले पनि हामि सबैले बृक्षारोपण गर्न आवश्यक रहेको उहाँको तर्क छ।

    सव वन डिभिजन कार्यालयले पुनर्वास क्षेत्रमा वन पैदावर वृद्धि र हरियाली बढाएर वातावरणीय सन्तुलन कायम राख्न बर्सेनि बिरुवा उत्पादन गरि बितरण गर्दै आएको छ ।बिरुवा बितरण कार्यक्रममा पुनर्वासका विभिन्न वडाका वडा अध्यक्ष, सामुदायिक वनका पधादिकारी, प्रहरी, पत्रकार, स्थानीय समाजसेवी लगायतको सहभागिता रहेको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button