
पुनर्वासमा रिलायबल लाईफ ईन्स्योरेन्सद्वारा पर्यटकीय क्षेत्र बन्धातालमा रिफ्रेसमेन्ट तथा सम्मान कार्यक्रम
पुनर्वास–कञ्चनपुरको पुनर्वासमा रहेको रिलायबल लाईफ ईन्स्योरेन्स कम्पनी शाखा आई.बी.आर.डी.ले आफ्ना अभिकर्ताहरुलाई रिफ्रेसमेन्ट तथा सम्मान कार्यक्रम आयोजना गरेको छ ।
शनिबार राष्ट्रिय सुचिमा सुचिकृत पर्यटकीय क्षेत्र बन्धातालको प्रर्वद्धन तथा प्रचारप्रसार हुने उद्धेश्यले रिलायबल लाईफ ईन्स्योरेन्स कम्पनी आई.बी.आर.डी.ले आफ्ना अभिकर्ताहरुलाई रिफ्रेसमेन्ट तथा सम्मान कार्यक्रम आयोजना गरेको हो ।
कम्पनीको वार्षिक कार्यक्रम अन्तर्गत अभिकर्ता रिफ्रेसमेन्ट तथा सम्मान कार्यक्रम आयोजना गरिएको आई.बी.आर.डी.शाखा प्रमुख शंकर जैसीले जानकारी दिनुभयो । पुनर्वासमा हामीले सुदुरपश्चिमकै ठुलो बीमा रकम भुक्तानी गर्न सफल भएको र अहिले रिलायबलले बीमा गर्नुपर्छ भन्ने भावनाको समेत विकास गरेको शाखा प्रमुख जैसीले बताउनुभयो ।
त्यस्तै, रिलायबलका प्रदेश प्रमुख चन्द्रबहादुर बिष्टले छोटो अवधीमा पुराना बिमा कम्पनी भन्दा समुदाय स्तरमा रिलायबलको विश्वस्नीयता बढ्दो रहेको बताउनुभयो । कम्पनीले विभिन्न समयमा आफ्ना योजना परिवर्तन गर्दै आईरहेको र अभिकर्ताहरुले पनि समय सापेक्ष अपडेट हुनुपर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा आई.बी.आर.डी. शाखामा आबद्ध एजेन्सी म्यानेजर र क्लब मेम्बरहरुलाई मिठो भोजनसँगै मायाको चिनो सहित सम्मान गरिएको थियो ।