Above Article Ad
  • जीवनको अन्तिम यात्रा- जम्मू-कश्मीर:सुदीप न्यौपानेको शव आज घर ल्याइयो

    Above Article Content Ad
  • बुटवल – भारत जम्मुकश्मिरको पहलगाममा आतंकवादी हमलामा परेर ज्यान गुमाएका बुटवल–११ कालिकानगरका सुदीप न्यौपानेको शव आज बिहान घर ल्याइपुर्‍याइएको छ । सुदीपको शव आजै त्रिवेणी घाट लगेर अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

    मंगलबार दिउँसो बन्दुकधारीले गोली हानेर हत्या गरेका सुदीपको शव भारतको नयाँदिल्लीबाट लखनउसम्म हवाईमार्गबाट र त्यहाँबाट बेलहिया नाकासम्म सडक मार्ग हुँदै नेपाल ल्याइपुर्‍याइएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रन्जितसिंह राठौरले जानकारी दिए ।

    Article inline ad #1
  • आज (बिहीबार) बिहान सात बज्नै लाग्दा सुदीपको डेथ बडी बेलहिया नाका ल्याइएको थियो । त्यहाँबाट भारतीय पक्षले सुरक्षाकर्मीको रोहवरमा सुदीपका आफन्तलाई शव जिम्मा लगाएको थियो । त्यसपछि शव एम्बुलेन्समा राखेर बुटवल–११ कालिकानगरको मनकामनापथस्थित घरमा ल्याइएको थियो ।

    Article inline ad #2

    शव ल्याइपुर्‍याउनु अघि नै सुदीपको घरमा आफन्त र छिमेकीको भिडभाड थियो । सुदीप नरहेको खबरले टोलका बासिन्दा र आफन्तजन मंगलबारदेखि नै शोकमा थिए । शव घर ल्याइपुर्‍याउँदा आफन्त र छिमेकी भक्कानिए ।

    २७ वर्षीय सुदीप आमा रिमाकला, बहिनी सुष्मा र ज्वाइँ युवराज काफ्ले सहित शनिबार बुटवलबाट कश्मिरको मिनी स्वीटरजल्याण्ड समेत भनिने वैसरण उपत्यकामा घुम्न गएका थिए । त्यहाँ पुगेर घुमफिरमा रमाइरहेका बेला मंगलबार दिउँसो एक्कासी बन्दुकधारी आतंकवादीले गोली हानेर सुदीपको ज्यान लिएका थिए ।

    सुदीपसँगै गएकी आमा रिमाकला, बहिनी र ज्वाइँले भागेर ज्यान जोगाउन सफल भएका थिए । भाग्ने क्रममा रिमाकला सामान्य घाइते समेत भएकी थिइन् । सुदीपको शव ल्याएर आमा, बहिनी र ज्वाइँ बुटवल आएका छन् । आमाबुबाको सम्बन्ध बिच्छेद भएपछि सुदीप आमा र बहिनीसँग बुटवल–११ कालीकानगरमा बस्दै आएका थिए ।

    त्यसअघि उनीहरूको घर बुटवल–१४ बेलभरियामा थियो । सुदीपको पुर्ख्यौली घर भने पाल्पाको बगनासकाली गाउँपालिका वडा नम्बर ४ हो ।शिक्षण पेशामा आवद्ध बुवा ध्रुव न्यौपाने शिक्षक आन्दोलनका क्रममा काठमाडौंमा थिए । मंगलबार घर फर्किने क्रममा उनले छोराको अप्रिय खबर थाहा पाएका थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • प्रतिक्रियाहरु

    Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by