
गेटाको स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक सभामा प्रस्तुत गर्न माग
Above Article Content Ad
धनगढीः प्रतिनिधि सभा सदस्य तारा लामा तामाङले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० लाई सभामा प्रस्तुत गर्न माग गरेका छन्।
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा दफावार छलफलपछि विधेयक प्रतिनिधि सभामा प्रस्तुत गर्ने कार्य सूचि रहेको थियो। सङ्घीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको प्रतिवेदनसहित विधेयक प्रतिनिधि सभामा वैशाख १५ गते प्रस्तुत गर्ने कार्य सूचि रहेकोमा हटाइएको हो। प्रतिनिधि सभामा विधेयक प्रस्तुत गर्ने र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ लाई पारित गरियोस भनि प्रस्तावसमेत प्रस्तुत गर्ने कार्यसूची रहेकोमा दुबै हटाइएको हो।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad