
धनगढीमा युवतीसहित कञ्चनपुरका ३ जना पक्राउ, लागूऔषध बरामद
Above Article Content Ad
धनगढी-धनगढीमा लागूऔषधसहित कञ्चनपुरका ३ जना पक्राउ परेका छन् ।
धनगढी उपमहानगरपालिका–५ स्थित बाल्मिकी स्कुल नजिकबाट प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने १२९ मिलिग्राम धुलो पदार्थसहित तीन जनालाई पक्राउ गरेको हो ।
Article inline ad #1
पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–३ घर भई हाल धनगढी–७ मा डेरा गरी बस्ने २६ वर्षीय गौरव चन्द, भीमदत्त नगरपालिका–६ बस्ने ३२ वर्षीय प्रकाश आउजी र बेदकोट नगरपालिका–५ घर भई हाल धनगढी–१ मा डेरा गरी बस्ने २२ वर्षीया खुस्बु धानुक रहेका छन्।
Article inline ad #2
जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीको संयुक्त टोलीले उनीहरूको जाँच गर्दा १२९ मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ बरामद गरेको जनाएको छ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















