
कंचनपुर पुनर्वास–८ मा रहेको परासन बहुमुखी सहकारी सस्था लिमिटेडको २३ औं बार्षिक साधारणसभा सम्पन्न
कंचनपुर पुनर्वास नगरपालिका–८ मा रहेको परासन बहुमुखी सहकारी सस्था लिमिटेडको २३ औं बार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ।
पुनर्वास नगरपालिका नगर प्रमुख तोयप्रसाद शर्माको प्रमुख आतिथ्यता तथा निर्वामान नगर प्रमुख जिवनराज थापा,केन्द्रिय दुग्ध सहकारीका सञ्चालक सदस्य भरत बहादुर बिष्ट बिशिष्ट अतिथीमा हुनुहुन्थ्यो । त्यस्तै, अथितिहरुमा पुनर्वास नगरपालिका सहकारी बिभाग अधिकृत धौलराम सार्की, कञ्चनपुर सहकारी संघका उपाध्यक्ष दान बहादुर रावल,सुदुरपश्चिम प्रदेश साना किसान कृषि सहकारी संचालक धर्मकला पौडेल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहकारी सस्थाको आर्थिक वर्ष २०८० ÷२०८१ कुल ५करोड ७८लाख ३२हजार ५ सय ६३ बराबरको बर्षिक आयव्यय प्रस्तुत गरिएको थियोे । सहकारीले आर्थिक वर्ष २०८१÷२०८२ को कार्तिक मसान्त सम्मका २ करोड १६ लाख ७७ हजार २ सय ४६ रुपैयाको कारोबार गरेको गरेको सस्थाका व्यवस्थापक बुद्धि बहादुर कटुवालले जानकारी दिनुभयो ।
साधारणसभामा प्रमुख अथितिको आसनबाट बोल्नुहँदै पुनर्वास नगरपालिकाका नगर प्रमुख तोया प्रसाद शर्मा सहकारीको उन्नति प्रगतिको शुभकामना व्यक्त गर्दै सो सहकारी क्षेत्र भित्र पुनर्वासका किसानको जिवन स्तरमा निकै सुधार हुने आशा पलाएको बताए ।
त्यसैगरी निवर्तमान नगर प्रमुख जिवनराज थापाले विभिन्न आरोह अवरोहको २३औं वर्ष पार गर्दै गर्दा परसन बहुमुखी सहकारी सस्थाले धेरै नै प्रगति गर्न सफल भएको र एउटै उद्धेश्य बोकेका सहकारी मर्जगर्न आवश्यक रहेको बताउनुभयो ।
जनजागरण सामुदायिक बनको सभाहलमा भएको कार्यक्रममा शेयरसदस्यहरुको बाक्लो सहभागिता थियो भने कार्यक्रमको संचालन व्यवस्थापक बुद्धि बहादुर कटुवालले गर्नुभएको थियो ।















