Above Article Ad
  • अछामको कमलबजार विमानस्थलमा तारा एयरलाइन्सको पहिलो व्यावसायिक उडान

    Above Article Content Ad
  • अछाम – अछामको कमलबजार विमानस्थलमा तारा एयरलाइन्सले पहिलोपटक व्यावसायिक उडान भरेको छ । आइतबार एक औपचारिक कार्यक्रमबीच तारा एयरलाइन्सले व्यावसायिक सेवा सञ्चालन गर्दै विमानस्थलमा पहिलो उडान सम्पन्न गरेको हो ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री अरुणकुमार चौधरीले विमानस्थलको पहिलो व्यावसायिक उडानको उद्घाटन गरेका थिए । कार्यक्रममा मन्त्री चौधरीले विमानस्थलको कालोपत्रे तथा नियमित उडान सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

    Article inline ad #1
  • उनले तारा एयरलाइन्सको व्यावसायिक उडानले अछामको पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे। तारा एयरलाइन्सले काठमाडौँ–नेपालगन्ज–कमलबजार कनेक्टिङ फ्लाइटमार्फत सेवा सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी कृष्ण कुमार शाहले जानकारी दिए ।

    Article inline ad #2

    यसअघि फागुन २५ गतेदेखि नियमित उडान सुरु गर्ने भनिए पनि प्रतिकूल मौसमका कारण सो दिनको उडान स्थगित भएको थियो ।  कमलबजार विमानस्थलको निर्माण सुरु भएको ३२ वर्षपछि, गत पुस १३ गते तारा एयरको जहाजले परीक्षण उडान भरेको थियो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by