Above Article Ad
  • सुदूरपश्चिमको मुख्यमन्त्री रावल कि भट्ट?

    Above Article Content Ad
  • महेन्द्रनगर। प्रधानमन्त्री नपाएपछि नेपाली कांग्रेससँगको सहयात्रा तोडेर एमालेको पोल्टामा पुगेको नेकपा माओवादी केन्द्र सरकारको नेतृत्वमा पुगेको छ। एमालेको सहयोगमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री भइसकेका छन्।

    नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएसँगै नयाँ राजनीति समीकरण बनेको छ। सुदूरपश्चिम प्रदेशमा पनि एमाले नेतृत्वको नयाँ गठबन्धनको सरकार बन्ने निश्चित भएको छ। विकसित राजनीतिक समीकरणअनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रतिपक्षमा पुगेको हो।

    Article inline ad #1
  • एमाले नेतृत्वको ६ दलीय गठबन्धनलाई सरकार बनाउन सुविधाजनक बहुमत छ। नयाँ गठबन्धनका सहयात्री एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपा गरेर सुदूरपश्चिम प्रदेश सभामा कूल २९ सांसद छन्। सुदूरपश्चिममा सरकार बनाउन २७ सांसद आवश्यक पर्दछ।

    Article inline ad #2

    प्रदेश सभामा माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसद छन्। १९ सांसदसहित प्रदेश सभाको सबभन्दा ठूलो दल कांग्रेस र ४ सांसद रहेको नेकपा एकीकृत समाजवादी प्रतिपक्षमा पुग्ने छन्।

    सुदूरपश्चिम प्रदेश सभामा एक जना स्वतन्त्रको हैसियतले चुनाव जितेका सांसद पनि छन्। कांग्रेस नेतृत्वको गठबन्धन भत्किएसँगै नेकपा एमालेको नेतृत्वमा नयाँ राजनीतिक समीकरण बनेपछि सुदूरपश्चिम सरकारको नेतृत्व कसले गर्ने भन्ने चासो बढेको छ।

    कांग्रेस सहितको गठबन्धन रहँदा मुख्यमन्त्रीको दौड बाहिर रहेको नेकपा एमाले पनि अब मुख्यमन्त्रीको दौडमा आएको छ। एमाले नेतृत्वको गठबन्धनसँग सुदूरपश्चिममा सरकार गठन गर्न सुविधाजनक बहुमत भएपछि भावी मुख्यमन्त्रीको चर्चा सुरु भएको छ।

    माओवादीका आकांक्षी 

    एमाले नेतृत्वको सातदलीय गठबन्धनमा आबद्ध दलहरुमध्ये सुदूरपश्चिम प्रदेश सभामा नेकपा माओवादी केन्द्र ११ सांसदसहित सबैभन्दा ठूलो दल रहेको छ। नेकपा माओवादी केन्द्रबाट सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि दुई जना आकांक्षी देखिएका छन्।

    नेकपा माओवादी केन्द्र सुदूरपश्चिमका इन्चार्ज खगराज भट्ट र कञ्चनपुरबाट निर्वाचित ओमविक्रम भाट (सरल)ले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरिरहेका छन्। यसअघि सुदूरपश्चिम प्रदेश सरकारको पाँच वर्षे पूर्ण कार्यकालको नेतृत्व माओवादी केन्द्रका त्रिलोचन भट्टले गरेका थिए।

    नेपाली कांग्रेससँग चुनावी गठबन्धन गरेर प्रदेश सभामा दोस्रो शक्तिका रुपमा रहेको माओवादी केन्द्र यसपटक पनि सुदूरपश्चिमको नेतृत्व गर्ने दाउमा छ। एमाले नेतृत्वको गठबन्धनमा नेकपा माओवादी केन्द्र सबैभन्दा ठूलो दल रहेकाले प्रदेशको नेतृत्वमा स्वभाविक रुपमा दाबी रहने मुख्यमन्त्रीका आंकाक्षी ओमविक्रम भाट बताउँछन्।

    ‘देशको राजनीतिक समीकरण उलटफेर भएको छ, नयाँ गठबन्धनका दलहरुमध्ये प्रदेश सभामा माओवादी केन्द्र ठूलो दल छ,’ उनले भने, ‘त्यसैले नेतृत्वमा हामीले स्वभाविक रुपमा दाबी गर्छौँ।’

    तर, सुदूरपश्चिमको नेतृत्व कसले गर्ने भन्ने गठबन्धनले अझै टुंगाएको छैन। माओवादी केन्द्रले मुख्यमन्त्रीमा दाबी गरेपनि शीर्ष तहले गर्ने भागबण्डा अनुसार आफूहरु अगाडि बढ्ने उनको भनाइ छ।

    माओवादी केन्द्रमा डडेल्धुराबाट निर्वाचित भट्टलाई मुख्यमन्त्रीको निर्विकल्प दाबेदार मानिएको थियो। उनलाई कञचनपुरका ओमविक्रम भाटले चुनौती पेश गरेका हुन्। भाटले संसदीय दलको नेतामा दाबी गरेका छन्।

    एमालेबाट को को?

    १० सांसदसहित नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश सभामा तेस्रो ठूलो दल छ। नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेशको नेतृत्वका लागि दुई जना आकांक्षी देखिएका छन्।

    सुदूरपश्चिमको नेतृत्व एमालेको भागमा परेमा राजेन्द्रसिंह रावल र धर्मराज पाठकमध्ये एकलाई भावी मुख्यमन्त्रीका रुपमा हेरिएको छ। अहिलेसम्म नेकपा एमालेका यी दुई नेता मात्रै संसदीय दलको नेतामा दाबी गरेका छन्।

    रावल र पाठक दुवै समानुपातिक सांसद हुन। नेकपा एमालेभित्र प्रत्यक्ष जितेर आएका सांसदलाई संसदीय दलको नेता बनाउनु पर्ने आवाज पनि उठिरहेको छ।

    ‘उहाँहरु समानुपातिकबाट सांसद बनेर पुरस्कृत हुनुभएको छ, अब प्रत्यक्ष जितेकाहरुमध्ये संसदीय दलको नेता बनाउनुपर्छ,’ एमाले प्रदेश सांसद वीरबहादुर थापा (पातल) भन्छन्, ‘हामीले केन्द्रमा पनि यही कुरा भनेका छौँ।’

    थापासहित डोटीका चक्र मल्ल र बैतडीका सुरेन्द्र बहादुर पाल एमालेबाट प्रत्यक्षतर्फ प्रदेश सभामा जितेका सांसद हुन्।

    विगतमा पाँच वर्ष माओवादी केन्द्रले सरकारको नेतृत्व गरेकोले यसपटक एमालेले पाउनु पर्ने भन्दै नेताहरुले शक्ति केन्द्रमा दबाब दिइरहेका छन्। नागरिक उन्मुक्ति पार्टी एमाले नेतृत्वको गठबन्धनमा सामेल भएपनि सरकारमा जाने वा नजाने विषयमा अन्यौलमा छ।

    ‘एमाले नेतृत्वको गठबन्धनलाई समर्थन गरेका छौँ, तर सरकारमा जाने वा नजाने भनेर कुनै निर्णय भएको छैन,’ नागरिक उन्मुक्ति पार्टीका सांसद कैलाश चौधरीले भने, ‘पार्टीले जस्तो निर्णय गर्छ, सोही अनुसार अगाडि बढ्छौँ।’सीमारेखाबाट साभार

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button