Above Article Ad
  • खप्तड सायल समाजको तेस्रो साधारण सभा  सम्पन्न

    Above Article Content Ad
  • कंचनपुरको दक्षिणी भेग पुनर्बास नगरपालिका वडा नम्बर १० बिकासबस्तीमा खप्तड सायल समाजले आफ्नो तेस्रो साधारण सभा सम्पन्न गरेको छ।

    कार्यक्रममा समाजका पदाधिकारी पुनर्वास-५ का वडाध्यक्ष पदम बहादुर रोकाया, पुर्व बाईसेबिचुवा गाबिसका अध्यक्ष भक्त बहादुर अधिकारी , पुनर्वास-१० का वडा सदस्य पदम राज उपाध्याय लगायत भद्रभलादमी, समाजसेवीहरुको उत्साहजनक सहभागिता रहेको थियो।

    Article inline ad #1
  • साधारण सभामा समाजको सदस्य भुपेन्द्र अधिकारीले वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, र भावी योजनाहरु प्रस्तुत गरेका थिए ।

    Article inline ad #2

    कार्यक्रममा सहभागीहरुले  खप्तड सायल समाजले समुदाय विकास र समृद्धिमा पुर्‍याएको योगदानको निकै प्रशंसा गरेका थिए ।

    साधारण सभामा विभिन्न  सांस्कृतिक कार्यक्रमसहित समापन गरिएको थियो। खप्तड सायल समाजले यस सभालाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6