Above Article Ad
  • बालबालिकाले कार्टुनबाट के सिक्छन् ?

    Above Article Content Ad
  • अहिलेको डिजिटल दुनियाँमा मात्रै नभएर, एनलग टेलिभिजनको समयदेखि नै बालबालिकामाझ कार्टुन लोकप्रिय रहँदै आएको छ । डोरेमन, निन्जा हत्तोरी, मिक्की माउस, टोम एण्ड जेरी, पेपा-पिग जस्ता अनेकौं कार्टुन सिरियलहरू बालबालबालिका माझ लोकप्रिय छन् ।बच्चाहरूले जतिखेरै कार्टुन हेरेर हैरान पारेको अनुभव प्राय अभिभावकमा हुन्छ । झन् अहिले त कार्टुन हेर्नका लागि पहिलाजस्तो टेलिभिजनको समय कुरेर बस्नुपर्दैन । आफूलाई मनपर्ने कार्टुन, मन लागेको समयमा इन्टरनेटमा खोजेर हेर्न सकिन्छ ।

    बिग्रिन्छन् भनेर बच्चाहरूलाई यस खालका कार्टुन हेर्नै निषेध गर्ने अभिभावक पनि भेटिन्छन् । कार्टुन तयार गर्दा बाल मनोविज्ञानलाई समेत ध्यान दिइएको हुन्छ । यसले खाली मनोरञ्जन मात्रै नदिएर, उनीहरूको सिकाइमा मद्दत पनि गरिरहेको हुन्छ ।

    Article inline ad #1
  • कार्टुनबाट के सिक्छन् त बालबालिकाले ?

    Article inline ad #2
    रंगीन दृश्य, रोचक कथावस्तु र जीवन्त पात्रहरूले बालबालिकालाई आकर्षित गर्छन्। तर, कार्टुन केवल मनोरञ्जनको साधन मात्र होइन; यसले बालबालिकाको मानसिक, भावनात्मक र सामाजिक विकासमा पनि प्रभाव पार्छ । बाल मनोविज्ञानको दृष्टिकोणबाट, कार्टुनले बालबालिकालाई विभिन्न कुरा सिकाउनुका साथै उनीहरूको व्यवहार र सोचमा प्रभाव पार्छ।

    १. नैतिक र सामाजिक मूल्यहरू

    बाल मनोविज्ञाबारे जानकारहरूका अनुसार बाल अवस्थाको नयाँ कुरा जान्न, सिक्नका लागि अति उत्सुक हुन्छ । यो समयमा आफूले देखेसुनेका, पढेका कुराको छाप गहिरोसँग पर्छ ।

    धेरै कार्टुनमा त्यहाँका पात्रहरू मार्फत इमानदारी, सहयोग, मित्रता र सम्मानको महत्त्व सिकाइएको हुन्छ । इमान्दार नहुँदा, स्वार्थी हुँदाका नतिजा के हुन्छन्, भन्ने कथाहरू त्यहाँ समावेश गरिएको हुन्छ । आफू भन्दा ठूलालाई कस्तो व्यवहार गर्नुपर्छ, सानालाई के गर्नुपर्छ भन्ने कुराहरू यस्ता कथाहरूले सिकाइरहेको हुन्छ ।

    २. भाषा

    कार्टुनले बालबालिकाको भाषा विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ। रंगीन चित्र र सरल संवादले उनीहरूको शब्दभण्डार वृद्धि हुन्छ। नयाँ-नयाँ शब्दावली तिनको सही प्रयोगबारे जानकारी राख्न मद्दत गरिरहेको हुन्छ ।

    विभिन्न भाषामा उपलब्ध कार्टुनले वहुभाषिक सीप विकासमा पनि सहयोग गर्छ । नेपालको सन्दर्भमा भन्नुपर्दा बालबालिकाले अंग्रेजी र हिन्दी भाषा कार्टुन हेरेरै सिकिरहेका हुन्छन् । दृश्य र श्रवणको संयोजनले बालबालिकाको कुनै पनि कुरा अभिव्यक्त गर्ने आत्मविश्वास र सञ्चार गर्ने सीप पनि विकास भइरहेको हुन्छ ।

    ३. कल्पनाशीता र सिर्जनशीलता

    कार्टुनमा काल्पनिक संसार तयार गरिएको हुन्छ । रोचक कथा तथा घटनाक्रम त्यहाँ समावेश हुन्छ । यसले बालबालिकामा कल्पना गर्ने र सिर्जना गर्ने क्षमता विकास गरिरहेको हुन्छ । बाल मनोविज्ञानमा, रचनात्मक सोचलाई बालबालिकाको बौद्धिक विकासको महत्त्वपूर्ण हिस्सा मानिन्छ।

    ४. समस्या झेल्ने उपाय

    धेरै कार्टुनहरूमा पात्रहरूले विभिन्न समस्याको सामना गर्छन् गरिरहेका हुन्छन्, ती समस्याबाट पार पाउन उनीहरूले विभिन्न उपाय अपनाइरहेका हुन्छन् । यसले बालबालिकामा समस्याहरू आउँछन् र तिनका समाधान पनि हुन्छन् भन्ने कुरा सिक्छन् ।

    यस्ता कथाहरूले बालबालिकालाई तार्किक रूपमा सोच्न र समस्याको समाधान खोज्न सिकाउँछन्।

    ५. अरुको भावना बुझ्ने

    कार्टुनले बालबालिकालाई भावनाहरू बुझ्न र व्यक्त गर्न सिकाउँछ। कार्टुनका कथामा खुसी, दु:ख, रिस र डर जस्ता भाव समेटिएका दृश्य समावेश हुन्छन् । यसले बालबालिकालाई आफ्ना भावनाहरू पहिचान गर्न र व्यवस्थापन गर्न सहयोग गर्छ। बाल मनोवैज्ञानिकहरूका अनुसार, भावनात्मक बुद्धिमत्ता बालबालिकाको सामाजिक र व्यक्तिगत जीवनका लागि अत्यन्त महत्त्वपूर्ण हुन्छ।

    ६. शैक्षिक ज्ञान

    कतिपय कार्टुनहरू शैक्षिक उद्देश्यले नै पनि बनाइएका हुन्छन् । जस्तो क, ख, ग…, ए, बी, सी, डी…, १, २, ३… आदि सिकाइका लागि कार्टुनसहितका धेरै भिडियोहरू बनाइएको पाइन्छ । पाठहरूम रहेका कविता, कथाहरूलाई पनि कार्टुन भिडियोको रुपमा पाउन सकिन्छ ।

    यस्ता कार्टुनले बालबालिकालाई रमाइलो तरिकाले पढाइका आधारभूत ज्ञान सिकाउन सकिन्छ । उनीहरूको सिकाइप्रति रुचि बढ्छ। दृश्यमा आधारित सिकाइले बालबालिकाको दीर्घकालीन स्मरण शक्तिलाई बलियो बनाउने विभिन्न अध्ययनहरूले पनि देखाएका छन् ।

    ७. संस्कार, संस्कृति

    समुदायमा रहेका संस्कार, संस्कृतिको ज्ञान पनि कार्टुनले दिन्छ । कार्टुनका कथामा विभिन्न संस्कृति र परम्पराहरूलाई देखाइएको हुन्छ, जस्तै पर्व कसरी मनाउने, जन्मदिन वा कुनै उत्सवमा के गरिन्छ ? जन्मिदा तथा मृत्युका बेला कस्तो प्रक्रियाहरू हुन्छन् यी कुरा कार्टुनमा देखाइने कथाबाट सिकिरहेका हुन्छन् ।

    ८. तनाव कम गर्ने

    बालबालिकालाई पनि तनाव र चिन्ता हुन्छ । कार्टुनका रोचक र हाँस्यपूर्ण सामग्रीले उनीहरूको मनलाई रोमाञ्चित बनाउन सक्छ।हाँस्यप्रधान र रमाइला गतिविधिहरू बालबालिकाको मानसिक स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

    सचेत हुनुपर्छ

    कार्टुनले बालबालिकालाई सिकाउने र सकारात्मक प्रभाव मात्रै पार्दैन, यसले नकारात्मक परिणाम पनि ल्याउन सक्छ । कार्टुन हेर्दा हुने सम्भावित समस्या र जोखिमलाई ध्यान दिनु आवश्यक छ । ती जोखिमहरूबाट बचाउन अभिभावक सचेत रहुपर्छ ।

    लत

    कार्टुन हेर्ने बानी लागेका बालबालिकालाई सबैभन्दा जोखिमको विषय हो, यसको लत । हामीले हाम्रै परिवार वा समुदायमा देखिरहेका हुन्छौँ, कतिपय बालबालिका पाएसम्म कार्टुनमै झुण्डइरहेका हुन्छन् । उनीहरू अन्य गतिविधि तथा खेलकूदमा रुचि राख्दैनन् । परिवारका सदस्य तथा साथीहरूसँग घुलमिल हुने, समय बिताउने कुरामा रुचि राख्दैनन् ।

    यस्ता बानीले खाने, सुत्ने र पढ्ने जस्ता नियमित गितिविधिमा समेत असर परिरहेको हुन्छ । धेरै समसय स्क्रिनमा हेर्दा आँखामा समस्या हुने, मानसिक स्वास्थ्यमा समेत समस्या हुनसक्छ ।

    गलत चरित्रको सिको

    कार्टुनका कथाहरूमा देखाइने नकारात्मक पात्रहरूको प्रवृत्ति र चरित्रलाई बच्चाहरूले सिको गर्न सक्छन् । उनीहरूले जस्तै व्यवहार देखाउने, नराम्रा कुराहरू बोल्ने गर्न सक्छन्। हिंसात्मक कार्टुनले बालबालिकामा आक्रामक व्यवहारलाई प्रोत्साहन गर्न सक्छ।

    के गर्ने ?

    बालबालिकालाई निश्चित समय तोकेर कार्टुन हेर्ने व्यवस्था गर्न सकिन्छ । जुनसुकै खालको भन्दा पनि उमेर र उसको बुझ्ने क्षमताअनुसार कार्टुन छनोट गरी हेर्न प्रेरित गर्नुपर्छ । अन्य गतिविधिमा असर नपर्ने गरी कार्टुन हेर्न दिनुपर्छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by