Above Article Ad
  • सुदूरपश्चिम सरकारलाई समर्थनका विषयमा अझै निर्णयमा पुगेन राप्रपा

    Above Article Content Ad
  • धनगढी : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सुदूरपश्चिम प्रदेश समिति कार्यसम्पादन समितिको बुधवार बसेको बैठकले प्रदेश सरकारका विषयमा कुनै निर्णय गर्न सकेन। सो पार्टीका प्रदेश अध्यक्ष धर्मराज जोशीको अध्यक्षतामा धनगढीमा बसेको बैठकमा प्रदेश सरकारलाई समर्थन गर्ने वा नगर्ने विषयमा कुरा उठे पनि कुनै निर्णय नगरी सकिएको समितिका सदस्य सचिव छत्र शाहीले बताए।

    केन्द्रमा सत्ता समीकरण फेरिएपछि प्रदेश सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र)र नेकपा (एकीकृत समाजवादी)का मन्त्रीलाई मुख्यमन्त्री कमलबहादुर शाहले पदमुक्त गरेका थिए।

    Article inline ad #1
  • प्रदेशसभाका कूल ५३ सदस्यमध्ये काँग्रेस र नागरिक उन्मुक्तिसँग २५ सदस्य छन्। नयाँ गठबन्धन दलसँग सभामुखबाहेक २४ सदस्य छन्। सरकार गठनका लागि २७ सदस्य आवश्यक हुन्छ। प्रदेशसभाको एक पद रिक्त छ। एक जना स्वतन्त्र सदस्य छन्। फेरिएको सत्ता समीकरणसँगै मुख्यमन्त्री कमलबहादुर शाह अल्पमतमा परेका छन्। उनले यो महिनामा विश्वासको मत लिनुपर्नेछ। नागरिक उन्मुक्ति पार्टीको सहयोगविना नयाँ गठबन्धनलाई पनि सरकार गठनका लागि बहुमत सदस्य जुटाउन समस्या छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button