Above Article Ad
  • बाजुरामा विष्ट मृत अवस्थामा फेला,साहुनीसँग फेरि मागेका थिए मदिरा

    Above Article Content Ad
  • धनगढी: बाजुराको बडीमालिका नगरपालिका–९ चौराटाका ४२ वर्षीय सूर्य विष्ट बाउली खोलामा मृत अवस्थामा फेला परेको घटनामा प्रहरीले अनुसन्धान जारी नै राखेको छ। प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान थालिएको बताउँदै थप नयाँ कुराहरु पत्ता लागेको पनि जनाएको छ।

    हिजोमात्रै मृतक विष्टको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएकोमा केही दिनमा रिपोर्ट आउने जिल्ला प्रहरी कार्यालयका बाजुराका प्रमुख, डीएसपी दिलिप कुमार गिरीले जानकारी दिए।

    Article inline ad #1
  • उनका अनुसार प्रहरीले थप अनुसन्धानका क्रममा मृतकको भिसेरा टेस्ट गर्ने भएको छ। जसका लागि मृतकको भिसेरा काठमाडौं पठाइएको छ।

    Article inline ad #2

    डीएसपी गिरीका अनुसार घटनास्थल आसपास कुनै सिसीटिभी र घटना रातमा भएकोले अनुसन्धानमा जटिलता उत्पन्न भएको हो। प्रारम्भिक अनुसन्धानका क्रममा सुरुमा नातेदारहरु सँगै बसेर मदिरा सेवन गरेको होटलमा मृतक विष्ट सबैजना घर गएपछि पुनः मदिरा माग्न आएका थिए।

    तर होटल साहुनीले मदिरा नदिएपछि विष्ट फर्किएर गएको साहुनीले प्रहरीसमक्ष बयान दिएको डीएसपी गिरीको भनाई छ।

    दोस्रोपल्ट मदिरा लिन जादा मृतक विष्ट एक्लै होटलमा गएको बुझिएकोमा प्रहरीले यसबारे थप बुझिरहेको छ। प्रहरीका अनुसार सो क्षेत्रको एक पेट्रोल पम्पमा सिसीटिभी क्यामेरा भएपनी सिस्टम जडान नभएकाले कुनै दृश्य रेकर्ड नभएको पाइएको छ।

    घटनाको दिन मृतक र उनका नातेदारहरुले सँगै बसेर मदिरा सेवन गरेका थिए। मृतकको टाउकोमा चोट र कुममा घिस्रेको दागहरु पनि देखिएको थियो।

    मृतकको शव जिल्ला प्रहरी कार्यालयबाट ४ किलोमीटरको दुरीमा रहेको रहेको खोलामा पानीमा फेला परेको थियो।

    प्रारम्भिक अनुसन्धानका क्रममा मृतकसँग बसेर मदिरा सेवन गरेका नातेदारलाई पनि प्रहरीले सोधपुछ गरेको छ। तर घटनाबारे ठ्याक्कै निष्कर्ष भने निकाल्न सकेको छैन।

    उता मृतकका आफन्तले भने निष्पक्ष अनुसन्धान र छानबिनको माग गरिरहेकोमा कुनै खालको निवेदन र जाहेरी भने आइनसकेको बताइएको छ।

    मृतक तीन दिनदेखि सम्पर्कविहीन रहेका थिए। परिवारको सम्पर्कमा नरहेका उनको मृत्यु भएपछि घटना संकास्पद रहेको अनुमान गरिएको छ।

    स्रोतका अनुसार घटनास्थल नजिकै उनको मोबाइल फोन, एक जुत्ता र अर्को जुत्ता छुट्टाछुट्टै स्थानमा भेटिएको थियो। मोबाइल दुई दिनअघि ठूली साँगुमा, एक जुत्ता सडक किनारमा र अर्को जुत्ता खोलाको किनारमा फेला परेको थियो।

    शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। नियमित रूपमा सदरमुकाम मार्तडी दुध बिक्रीका लागि आउने विष्ट भैसी पालन व्यवसायमा संलग्न थिए।

    प्रहरीले घटनाको सबै कोणबाट अनुसन्धान अगाडि बढाइएको जनाएको छ।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by