Above Article Ad
  • फेसबुक र इन्स्टाग्राम चलाउन अब पैसा तिर्नुपर्ने !

    Above Article Content Ad
  • काठमाडौँ : लोकप्रिय सोसल मिडिया प्लाटफर्महरु फेसबुक र इन्स्टाग्राम विश्वभर करोडौं मानिसले चलाउँछन् । सबैभन्दा ठूलामध्येका यी दुई सोसल मिडियाहरू अहिलेसम्म निःशुल्क नै छन् । तर, अब चाहिं यस्तो लाग्दैछ कि तपाईंले फेसबुक तथा इन्स्टाग्रामलाई सित्तैमा प्रयोग गर्नुका आनन्द धेरै समयसम्म लिन पाउनुहुने छैन । यी प्लाटफर्म प्रयोग गर्नका लागि अब पैसा दिनुपर्ने हुनसक्छ ।

    समाचार अनुसार फेसबुक तथा इनस्टाग्रामको मातृ कम्पनी मेटाले अब यी प्लाटफर्ममा एक सशुल्क (सब्सक्रिप्सन) मोडेलका बारेमा योजना बनाइरहेको छ । यसरी शुल्क तिर्ने प्रयोगकर्ताले आफ्नो फिडमा अनेक खालका विज्ञापन हेर्नुपर्ने छैन र विज्ञापन विनाको सोसल मिडियाको आनन्द लिन सक्नेछन् । तत्कालका लागि बेलायतमा सशुल्क सेवा सुरु गर्ने मेटाको तयारी छ ।

    Article inline ad #1
  • किन आयो यो नयाँ योजना ?

    Article inline ad #2

    हुनत मेटाको यो योजना अचानक बनेको होइन, यसका पछाडि एक कानूनी मामिला रहेको छ । वास्तवमा बेलायतमा एकजना प्रयोगकर्तालाई लक्षित विज्ञापन नदेखाउन मेटा बाध्य हुनुपर्‍यो । उक्त मुद्दा लण्डन उच्च अदालत सम्म पुगेको थियो । तर, सजायबाट बँच्नका लागि मेटाले उक्त समस्या समाधान गर्‍यो ।

    उक्त घटनाको सुरुवात सन् २०२२ मा त्यतिबेला भयो जब मानवअधिकारकर्मी तान्या ओकेरेलले मेटाविरुद्ध १.५ ट्रिलियन डलर क्षतिपूर्ति माग गरी मुद्दा दायर गरिन् । मेटाले आफ्नो सहमति विना आफ्ना निजी डेटाहरु एकत्रित गरेको र आफूलाई लक्षित विज्ञापन देखाएर बेलायतको डेटा सुरक्षा कानूनको उल्लंघन गरेको उनको जिकिर थियो ।

    तान्याले यो मामिलालाई केवल आफ्नो मात्र लडाईँ नभै एउटा ठूलो परिवतर्नको रुपमा लिइन् । उनका अनुसार यो निर्णय अनलाइन विज्ञापनबाट दिक्क भएका सबै मानिसका लागि महत्वपूर्ण छ । उक्त मामिलामा बेलायतको डेटा सुरक्षा प्राधिकरणले तान्याको समर्थन गर्यो, जसका कारण मुद्दाको ओज झनै बढ्यो ।

    स्मरण रहोस् युरोपेली संघभित्रका देशमा मेटाले सन् २०२३ मै आफ्ना सोसल मिडिया प्लाटफर्ममा विज्ञापनमुक्त सशुल्क सेवा सुरु गरिसकेको छ । गत वर्ष उसले सब्सक्रिप्सन शुल्कमा ४० प्रतिशत कटौती गरेको थियो । जसमा फेसबुकका वेब प्रयोगकर्ताका लागि प्रति महिना शुल्क ५.९९ युरो तथा आईओएस तथा एन्ड्रोइड प्रयोगकर्ताका लागि प्रतिमहिना शुल्क ७।९९ युरो रहेको छ ।

    अब बेलायतमा मेटाले कति शुल्क तोक्छ भन्ने चासोको विषय छ । बेलायतमा यदि फेसबुक तथा इन्स्टाग्राममा सब्सक्रिप्सन मोडल सफल भएमा मेटाले विश्वका अन्य देशमा पनि त्यसलाई लागू गर्न सक्दछ । यदि त्यसो भएमा अहिले सित्तैमा फेसबुक चलाउन पाएका प्रयोगकर्ताले शुल्क तिर्नुपर्ने हुनसक्छ । तर, यस्तो शुल्क केवल विज्ञापनमुक्त सेवा लिनका लागि हो । फेसबुक तथा इन्स्टाग्राम फीडमा देखिने विज्ञापन हेर्दा दिक्क लाग्दैन भने चाहिं अहिलेकै जस्तो गरी निस्शुल्क रुपमा प्रयोग गर्न पाइनेछ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by