Above Article Ad
  • सुदुरपश्चिमका पत्रकार रञ्जित लामाले दिलाए नेपाललाई कास्य पदक

    Above Article Content Ad
  • सुदुरपश्चिमको कञ्चनपुरका पत्रकार रञ्जित लामाले ५५ औं एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस च्याम्पियनसिपमा कास्य पदक प्राप्त गर्दै नेपालको शिर उच्च बनाएका छन् ।

    एसियन शारीरिक सुगठन तथा फिटनेस महासंघको आयोजना तथा नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघको ब्यवस्थापनमा भएको च्याम्पियनसिपमा पत्रकार लामाले नेपालको लागि तृतिय स्थान सहित कास्य पदक प्राप्त गरेका हुन् ।

    Article inline ad #1
  • लामो समयदेखि पत्रकारितासँगै शारीरिक सुगठनमा प्रशिक्षकको रुपमा परिचित पत्रकार लामा ५५ औं एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस च्याम्पियनसिपमा सहभागी १७ ओटा राष्ट्रहरुका प्रतिस्पर्धीका बीच कास्य पदक बिजेता बनेका थिए ।

    Article inline ad #2

    शारीरिक सुगठनको पहिलो पटक ठुलो प्रतियोगिताको रुपमा रहेको च्याम्पियनसिपमा १७ ओटा राष्ट्रहरु नेपाल सहित भुटान, चीन, हङ्गकङ्ग चाईना, भारत, काजाखस्तान, मकाउ चाईना, मालदिभ्स, मलेसिया, म्यानमार, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, थाईल्याण्ड, ताजाकिस्तान, उज्वेकिस्तान र भियतनामको सहभागिता रहेको छ ।
    उक्त प्रतियोगिता भदौ १७ देखि २० सम्म काठमाडौको होटल याक र होेटल यतिमा सञ्चालन भएको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by