Above Article Ad
  • भीमदत्तको बैजनाथ बिधालयले व्यवसायिक भवन बनाउन सरोकारवालासंग छलफल

    Above Article Content Ad
  • कञ्चनपुर, साउन २७ । कञ्चनपुरको एक सामुदायिक विद्यालयले व्यवसायिक भवन बनाउनका लागि सरोकारवालासंग छलफल गरिरहेको छ ।

    जिल्ला सदरमुकाम भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा रहेको बैजनाथ माध्यामिक विद्यालयले व्यवसायिक भवन निर्माणका लागि सरोकारवालासंग छलफल गरिरहेको छ । शनिबार सरोकारवाला पक्षसंग विद्यालयले बजार–जिप्रका–एयरपोट रोड क्षेत्रमा व्यवसायिक भवन बनाउने विषयमा छलफल गरेको हो ।

    Article inline ad #1
  • बैजनाथ माध्यामिक विद्यालयका प्रद्यानाध्यापक हरिराज विष्टले विद्यालयको स्रोत बृद्धिका व्यवसायिक भवन निर्माण गर्ने बताए । प्रअ विष्टले व्यवसायिक भवन निर्माणको विषयमा सरोकारवालासंग छलफल गरेर सुझाव संकलन गरेर अघि बढ्ने बताए ।

    Article inline ad #2

    बैजनाथ माध्यामिक विद्यालय शिक्षक एव पुर्व प्रअ तर्कराज भट्टले व्यवसायिक भवन निर्माण गरेका विद्यालय, खेलकुद,रेडक्रस सहितसंग अनुभव आदान प्रदान गरेर अघि बढने बताए । कार्यक्तममा सहभागिहरुले विद्यालयको स्थायी स्रोत बृद्धिका लागि विद्यालयले अघि सारेको व्यवसायिक भवन निर्माण कार्य सरानिय भएको बताएका छन ।

    भीमदत्त नगरपालिका ४का वडाध्यक्ष शुशिल भट्टले पनि बजार क्षेत्र भएकाले भवन निर्माण कार्य व्यवसायिक हिसाबले राम्रो हुने बताए । प्रमुख अतिथि समेत रहेकी भीमदत्त नगरकी उपप्रमुख निलक लेखकले विद्यालयले स्रोत बृद्धिका लागि गरिरहेको कामकाजमा पालिका तर्फबाट सक्दो सहयोग गर्ने बचन दिईन ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अच्युतराज कलौनीले सामुदायिक विद्यालयको बृद्धि विकासका लागि व्यवसायिक भवन निर्माणका लागि छलफल अघि बढाएको बताए । अध्यक्ष कलौनीले विद्यालयको स्थायी स्रोत बृद्धिका साथै सामुायिक विद्यालय बलियो बनाउनेका साथै यस क्षेत्रको आर्थिक क्षेत्रमा विकासमा टेवा पुग्ने बताए ।

    अहिलेदेखि नै सबै सरोकारवाला पक्षसंग छलफल गरेर उपयुक्त निर्माणमा पुग्ने अध्यक्ष कलौनीले बताए । कार्यक्रमको बैजनाथ माध्यामिक विद्यालय शिक्षक एव पुर्व प्रअ नरेन्द्र प्रशाद जोशीले सहजिकरण गरेका थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button