Above Article Ad
  • विवाहको आश्वासन दिएर प्रहरी जवानद्वारा करणी, प्रहरीमा जाहेरी

    Above Article Content Ad
  • काठमाडौं: विवाहको आश्वासन दिएर बलात्कार गरेको आरोपमा कोशी प्रदेश प्रहरी गणमा कार्यरत एक प्रहरी जवानविरुद्ध किटानी जाहेरी परेको छ। विराटनगर महानगरपालिका–१५ घर भएकी पीडित किशोरीले इलाका प्रहरी कार्यालय बिर्तामोड, झापामा जाहेरी दिएकी हुन्।

    पीडितका अनुसार २०७८ साल जेठदेखि फेसबुकमार्फत चिनजान भएका साह थरी प्रहरी जवानले विवाहको आश्वासन दिएर पटक–पटक भेट्न बोलाउने गर्थे। गत भदौ ७ गते, साहले किशोरीलाई झापाको सुरुङ्गा क्षेत्रमा भेट्न बोलाएका थिए। रात परिसकेको भन्दै उनलाई होटल क्विन प्यालेसमा बस्न दबाब दिएको जाहेरीमा उल्लेख छ।

    Article inline ad #1
  • होटलमा जबरजस्ती गरेको आरोप

    Article inline ad #2

    जाहेरी अनुसार, किशोरी होटलबाट घर फर्किन खोज्दा साहले ‘तिमीलाई एक्लै छोड्दिन, केही हुँदैन’ भन्दै रोक्न खोजे। पछि, कोठामा छिरेलगत्तै जबरजस्ती अँगालो हालेर बलात्कार गरेको पीडितको आरोप छ।

    इलाका प्रहरी कार्यालय बिर्तामोडका इन्स्पेक्टर प्रकाश विष्टले जाहेरी दर्ता भइसकेको पुष्टि गरेका छन्। उनले भने, ‘१९ वर्षीया युवतीले किटानी जाहेरी दिनुभएको छ। अनुसन्धान सुरू भएको छ, तर हालसम्म पक्राउ पुर्जी जारी गरिएको छैन।’

    आत्महत्याको प्रयास

    प्रहरी जवान साहले विवाह गर्न अस्वीकार गरेपछि पीडित किशोरीले धेरै पटक आत्महत्याको प्रयास गरेको बताएकी छन्। केही दिनअघि पत्रकारहरूसँगको कुराकानीमा उनले साहले केही समयसम्म बिहेको आश्वासन दिएर ढाटेको खुलासा गरिन्।

    कानून व्यवसायी अर्जुन बस्नेत र अधिकारकर्मीहरूको सहयोगमा पीडितले जाहेरी दर्ता गराएकी हुन्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6