
बेलौरीको महाकाली बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीको पुरै प्यानल विजयी
Above Article Content Ad
कञ्चनपुर। कञ्चनपुरको बेलौरीस्थित महाकाली बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अखिल (क्रान्तिकारी) को प्यानल विजयी भएको छ ।
स्ववियु सभापतिमा दीपक चौधरी, सचिवमा लक्ष्मी वडायक र कोषाध्यक्षमा दब्बोरा नेपाली निर्वाचित भएका छन् । त्यस्तै, सदस्यहरूमा अखिल (क्रान्तिकारी) कै हिरा कुँवर, जीवन राना, जयन्ती लुहार, सम्झना चौधरी र हेमन्ती राना निर्वाचित भएका छन् ।
Article inline ad #1
निर्वाचन समितिका अनुसार उक्त क्याम्पसमा ३६४ जना मतदाता रहेकामा ३०९ जनाले मतदान गरेका थिए । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad