
स्ववियु निर्वाचन : कस्को नेतृत्वमा बन्ला ऐश्वर्य बहुमुखी क्याम्पसको कमिटी ?
Above Article Content Ad
चैत्र ५,धनगढी: कैलालीको धनगढीमा रहेको ऐश्वर्य बहुमुखी क्याम्पसको स्ववियु नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ । निर्वाचन अधिकृत खेमराज पन्तका अनुसार एक हजार ४०३ मत खसेको छ ।
Article inline ad #1
क्याम्पसमा दुई हजार एक सय बढी मतदाता थिए । भर्खरै सर्वदलीय बैठक सकिएको र केहिछिनमै मतगणना गर्ने तयारी रहेको निर्वाचन अधिकृत पन्तले बताए । क्याम्पसको स्ववियु नेतृत्वको लागि तीन संगठन मैदानमा उत्रिएका थिए ।
Article inline ad #2

नेविसंघले सभापतिमा दीपकराज भट्टलाई उम्मेदवार बनाएको छ । अनेरास्ववियुले दिपेन्द्र भट्ट तथा अखिल (क्रान्तिकारी)ले बिकास बिष्टलाई सभापतिको उम्मेदवार बनाएको छ । अनेरास्ववियुले आफ्नो दबदबा कायमै राख्ला वा नेविसंघले विजयको भण्डा फहराउला कि अखिल क्रान्तिकारीले चामत्कारिक नतिजा ल्याउला त्यो भने हेर्न बाँकी छ ।
समर्पण मिडियाबाट साभार
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















