Above Article Ad
  • पुनर्वासका यादव सिंह युवाहरुको जमातसहित पुन:निर्माण गर्न पुगे धादिङ

    Above Article Content Ad
  • धादिङ— नेपाल सरकार, युवा, श्रम तथा रोजगार मन्त्रालय र राष्ट्रिय युवा परिषद्को आयोजनामा धादिङको गजुरी गाउँपालिका–जरेखेतस्थित नेपाल विद्युत प्राधिकरणको सबस्टेशनमा पुनःनिर्माण तथा सरसफाइ अभियान सञ्चालन भइरहेको छ।

    विपद्बाट प्रभावित संरचनाको पुनःस्थापना तथा सरसफाइमा सहयोग पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको अभियानमा २५ जना युवा स्वयंसेवकहरू तीन दिनदेखि निरन्तर सक्रिय रूपमा खटिइरहेका छन्।

    Article inline ad #1
  • युवा स्वयंसेवकहरूले सबस्टेशन परिसरमा आवश्यक सरसफाइ, भग्नावशेष तथा प्रभावित क्षेत्र व्यवस्थापन र पुनःनिर्माणमा सहयोग पुर्‍याउने कार्य गरिरहेका छन्। विपद्को समयमा युवाहरूलाई स्वयंसेवामार्फत राष्ट्रसेवामा जोड्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।

    Article inline ad #2

    युवाहरूको सक्रिय सहभागिताले प्रभावित संरचनाको पुनःस्थापना कार्यमा सहयोग पुग्नुका साथै समुदायमा आपसी सहयोग, जिम्मेवारी र सामाजिक एकताको भावना थप मजबुत बन्ने अपेक्षा गरिएको छ।

    विपद्पछिको पुनःनिर्माण केवल संरचना निर्माण गर्ने कार्य मात्र नभई प्रभावित समुदायमा आशा, भरोसा र आत्मविश्वास पुनःस्थापित गर्ने अभियान पनि हो। यस अभियानमार्फत युवाहरूले श्रम, समय र सीपलाई राष्ट्रसेवामा समर्पित गरिरहेका छन्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6