Above Article Ad
  • पुनर्वास फुटबल प्रतियोगित : आयोजकलाई हराउँदै बेलडाँडी–५ युवा क्लब विजयी

    Above Article Content Ad
  • कञ्चनपुरको पुनर्वास नगरपालिका–३, रामबस्तीमा आयोजना गरिएको तेस्रो वडा स्तरीय फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।
    शनिबार आयोजक कालिका युवा क्लब र बेलडाँडी–५ युवा क्लबका बिच भएको फाईनल खेलमा आयोजक टिमलाई हराउँदै बेलडाँडी–५ युवा क्लब विजेता बनेको हो ।
    खेलको केहि मिनेटमै बेलडाँडीका तर्फबाट शेखर ओखेडाले एक गोल प्रहार गर्दै टिमलाई अग्रतामा पु¥याएको थियो । खेलमा दुबै टिम बिचको घम्साघम्सीले रोचकपूर्ण खेल बन्नपुगेको थियो । जसले दर्शकहरुका माझ छुट्टै माहोल सिर्जना देखिन्थ्यो । हाप पछिको दोस्रो खेलमा आयोजक टिमका तर्फबाट सुशील तामाङले एक गोल प्रहार गरेपछि खेल बराबरीमा पुगेको हो । खेल बराबरीपछि ट्राई बेकर गरिएको थियो । ट्राई बेकरको पहिलो चरणमा बराबरी भएपछि दोस्रो चरणमा बेलडाँडीले ३ का विरुद्ध ४ गोल प्रहार गर्दै आयोजक टिम उपविजेता हुन पुगेको हो ।
    विजेता बनेको टिमलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने उपविजेता बनेको आयोजक टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी,मेडल र प्रमाणपत्रमा चित्त बुझाउनुप¥यो ।

    कञ्चनपुर जिल्लाका ३० टिमको सहभागिता रहेको वडा स्तरीय फुटबल प्रतियोगिताको निर्णायकको मुख्य भुमिका लक्ष्मी श्रेष्ठले गर्नुभएको थियो ।

    Article inline ad #1
  • त्यस्तै कालिका युवा क्लबका अध्यक्ष रामबहादुर तामाङको सभाध्यक्ष तथा पूर्वखानेपानी मन्त्री बीना मगरको प्रमुख आतिथ्य रहेको समापन कार्यक्रममा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माको बिशिष्ट आतिथ्यता रहेको थियो । भने अतिथीमा विभिन्न व्यक्तित्वहरु आसिन हुनुहुन्थ्यो ।

    Article inline ad #2

     

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by