
होली खेल्ने क्रममा छुरा प्रहारबाट यादवको हत्यापछि शव राखेर आफन्तको प्रदर्शन, जलेश्वर सडकखण्ड अवरूद्ध
Above Article Content Ad
जनकपुरधाम-होली खेल्ने क्रममा छुरा प्रहारबाट युवकको हत्या भएपछि उनका आफन्त र स्थानीयले सडकमा शव राखेर प्रदर्शन गरेका छन् ।
जनकपुरको जलेश्वर सडकखण्डमा १८ वर्षीय आशु यादवको शव राखेर उनका आफन्त र स्थानीयले प्रदर्शन गरेका हुन् । उनीहरूले युवकको शवसहित जनकपुर–जलेश्वर सडकखण्ड अवरुद्ध गरेका छन् ।
Article inline ad #1
उनका अनुासर अनुसार शनिबार साँझ ५ बजेतिर होली खेल्ने क्रममा विवाद हुँदा स्थानीय लक्षमण महतोका छोरा २१ वर्षीय धर्मेन्द्र महतोले आशुमाथि छुरा प्रहार गरेका थिए ।
Article inline ad #2
आशुको शव आज प्रादेशिक अस्पतालमा पोस्टमार्टम भएको छ । पोस्टमार्टमपछि शव बुझेर लगेका आफन्तसहित स्थानीयले दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएको प्रहरीले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad