
उत्तर म्यासेडोनियाको नाइट क्लबमा आगलागी, १००भन्दा बढी घाइते,५१ जनाको मृत्यु
Above Article Content Ad
काठमाडौं -उत्तर म्यासेडोनियाको एक नाइट क्लबमा आइतबार बिहानै भीषण आगलागी भएको छ। त्यहाँको गृह मन्त्रालयका अनुसार घटनामा कम्तीमा ५१ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति घाइते भएका छन्।
बीबीसीका अनुसार यो आगलागी देशको पूर्वी भागमा पर्ने कोकानी शहरको ‘पल्स क्लब’ मा भएको थियो। उक्त स्थान म्यासेडोनियाको राजधानी स्कोप्जेबाट करिब १०० किलोमिटर टाढा पर्छ।
Article inline ad #1
हालसम्म प्राप्त जानकारीअनुसार, आगलागी आइतबार बिहान करिब ३ बजे सुरु भएको थियो। यो घटना ‘ब्यान्ड एडीएन’ को प्रस्तुति भइरहेको बेला भएको बताइन्छ।
Article inline ad #2
धेरै घण्टासम्म भवनबाट आगोको ज्वाला उडिरहेको थियो।उक्त कार्यक्रममा करिब १,५०० व्यक्ति सहभागी थिए।स्थानीय मिडियाका अनुसार आगलागीको कारण सम्भवतः आतिशबाजीका उपकरणहरू हुन सक्ने अनुमान गरिएको छ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad














