Above Article Ad
  • पूर्वराजा शाहको भान्जा भन्दै ठग्दै हिँडेका सिंह कारागार चलान

    Above Article Content Ad
  • काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाहको भाञ्जाको भेषमा ठग्दै हिँडेको अभियोग लागेका अनुप सिंह कारागार चलान भएका छन्। ठगीसम्बन्धी मुद्दामा जिल्ला अदालत ललितपुरले मागेको धरौटी रकम तिर्न नसकेपछि उनलाई थुनामा पठाइएको बताइन्छ।

    सिंहमाथि आफूलाई पूर्वराजा शाहको भाञ्जाको परिचय दिएर अमेरिका पठाउने प्रलोभनमा विभिन्न व्यक्तिबाट संगठितरुपमा करोडौँ ठगेको आरोप छ। उक्त मुद्दामा जिल्ला अदालतले आज १२ लाख धरौटीमा छाड्न आदेश दिएको थियो। तर, धरौटी बुझाउन नसकेकाले सिंह नख्खु कारागार चलान भएका हुन्।

    Article inline ad #1
  • यस प्रकरणमा सिंहसहित पक्राउ परेका सात जनाविरुद्ध मुद्दा चलेकोमा सचिन व्यञ्जनकार ६० हजार, राजकुमार केसी २५ हजार र अधिवक्ता दीपकराज खनाल एक लाख धरौटीमा छुटेका छन्।

    Article inline ad #2

    ठगीमा संलग्न रहेको आरोप लागेका गोरखाका रामचन्द्र खनाल, गुल्मी घर भएका किरण सिंह कार्की र अभिषेकराज खनाल फरार छन्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by