Above Article Ad
  • काठमाडौंमा ट्रकको ठक्करबाट पुर्नवासका बल बहादुर “सुगम” को मृत्यु

    Above Article Content Ad
  • कञ्चनपुर : ट्रकले मोटरसाइकललाई ठक्कर दिदा दुर्घटनामा परि कञ्चनपुरका युवकको काठमाडौँमा मृत्यु भएको छ। मृत्यु हुनेमा पुर्नवास नगरपालिका–२ अरनिकोबस्ती बस्ने २८ वर्षीय बल बहादुर तामाङ नामले परिचित सुगम तामाङ रहेका छन्।

    पुनर्वास देखी काठमाडौं आफन्त कहाँ भनी मोटरसाइकलमा घरबाट निस्केका तामाङ शुक्रबार बिहान काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गास्थित सडकखण्डमा दुर्घटना भएको थियो।

    Article inline ad #1
  • Admission Open

  • चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गास्थित सडकखण्डमा ना ४ ख १०६२ नम्बरको ट्रक र उनी सवार सुप्रप्र ०१–११ प २८५८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

    Article inline ad #2
  • दुर्घटनामा गम्भीर घाइते भएका तामाङको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतक तामाङको घरमा आमा बुवा श्रीमती एक छोरी र एक छोरा रहेका छन्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    2
    +1
    4
    +1
    4

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button