धनगढी-९ मा आई.पि.एम. कृषक पाठसाला सञ्चालन
धनगढी – धनगढी उप-महानगरपालिका वडा न. ९ गौरिपुरमा धनगढी उप-महानगरपालिका कृषि बिकास शाखा धनगढी ले आ.व. २०८०/८१ को कृषी बिकाश कार्यक्रम अन्तर्गत आई.पि.एम. कृषक पाठशाला सन्चालन गरेको छ । २५ जना कृषकहरु सहभागी रहेको उक्त पाठसालामा कृषक हरुले स्थानिय रैथाने जात थारु आलु रोपेका छन । लोप भैरहेको स्थानिय रैथाने जात थारु आलु को बिकास प्रबर्द्धन गर्न यो जातको आलु रोपेको बाताउछन शैलेश्वरि कृषक पाठसालाका अध्यक्ष कमला भाट । यो पाठसाला निरन्तर १६ हप्ता सम्म हप्ताको १ दिन तालिम गराउने गरि सन्चालन हुनेछ जुन पाठसाला आलु रोप्न देखि आलु तयार भयर निकाल्न सम्म को रहने छ । धनगढी उप महानगरपालिका कृषी बिकास शाखाका कृषि अधिकृत तथा पाठशालाका सहजकर्ता नर वडले आलु रोप्न देखि तयार हुने अवधी भर आलुमा देखिने समस्या; त्यस्को पहिचान तथा रोग निदान सम्मको सबै कुरा पाठसालामा प्रत्यक्ष प्रयोगात्मक विधि द्वारा सिकाइ हुने जानकारि गराउनु भयो । उक्त पाठसालाका सहजकर्ता राजकुमार जबरा र अर्जुन प्रसाद चौधरी ले २५ जना रहेको शैलेश्वोरी कृषक पाठ्सालामा कृषक हरुलाइ परम्परागत आलु लगाउने विधि र आइ पि एम बिधिबारे छुट्टाछुट्टै तरिका रहेको जानकारी सङै आलु रोपने प्राबिधिक विधि सिकाउनुभयो । आज शैलेश्वोरी आई.पि.एम. कृषक पाठशालाका २५ जना सहभागीहरुले तालिम सङै २ कट्टाको जमिनको क्षेत्रफलमा आलु रोपेको जानकारी पाठसालाका सचिब सरला बिस्ट्ले गराउनु भयो। पाठसालाको पहिलो दिन आज २५ जना सहभागी सङै ३ जना नगरपालिका बाट सहजकर्ता र जनप्रतिनिधी वडा सदस्य नबराज भट्ट तथा अन्य गरि ३५ जनाको सहभागिता रहेको थियो ।