Above Article Ad
  • कपिलवस्तुमा स्रोत नखुलेको २८ लाख ९० हजार रुपैयाँसहित चार जना पक्राउ

    Above Article Content Ad
  • काठमाडौं— कपिलवस्तु प्रहरीले स्रोत नखुलेको २८ लाख ९० हजार रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ । नेपाल रुपैयाँ १४ लाख ५० हजार र भारतीय रुपैयाँ ९ लाख सहित चार जना विहीबार पक्राउ परेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी मोहनमणि अधिकारीका अनुसार इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको टोलीले विहीबार दिउँसो २ः४५ बजे बाणगंगा नगरपालिका ४ जितपुर स्थित चार नम्बर चोकमा रहेको के.सी. फेन्सी पसलको गोदामबाट ९ लाख भारतीय रुपैयाँ बरामद गरेको थियो ।

    Article inline ad #1
  • प्रहरीले अन्डरग्राउण्डमा रहेको कपडाको गोदाममा बसिरहेको अवस्था प्रहरीले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ५ बस्ने ३० वर्षीय गोविन्द विकलाई नियन्त्रणमा समेत लिएको छ । उनको साथबाट पाँच सय दरका १ हजार ८०० थान भारतीय नोट बरामद भएको प्रहरीले जनाएको छ ।

    यसैगरी मायादेवी गाउँपालिका ८ बस्ने ३८ वर्षीय सोमनाथ कसौधनको साथबाट एक हजार दरका १ हजार २९४ थान र पाँच सय दरका ३१२ थान नेपाली नोट बरामद गरिएको प्रहरीले जनाएको छ ।

    Article inline ad #2
    उनीहरुसँगै रहेका रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. १६ बस्ने ४१ वर्षीय बसन्त खरेल र कपिलवस्तु नगरपालिका वडा नं. ११ बस्ने ४२ वर्षीय शेषनारायण गिरी समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका सबैलाई भारतीय र नेपाली रुपैयाँसहित आवश्यक अनुसन्धानका लागि आन्तरिक राजश्व कार्यालय रुपन्देहीमा पठाइएको कपिलवस्तु प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by