Above Article Ad
  • जनता क्याम्पस पुनर्वासको २४ औं बार्षिकउत्सव सम्पन्न

    Above Article Content Ad
  • पुनर्वास -त्रिभुवन विश्वबिद्यालय सम्बन्ध प्राप्त जनता क्याम्पस पुनर्वासको २४ औं बार्षिकउत्सव बिबिध कार्यक्रम का साथ सम्पन्न भएको छ |

    कार्यक्रममा क्याम्पस प्रमुख नगेन्द्र जेठाराले क्याम्पस को बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    Article inline ad #1
  • २०५८ साल श्रावण १५ गते तत्कालीन पुनर्वास जनता उच्च माविका प्रधानाध्यापक  कर्ण हादुर बुढा , शिक्षक रामचन्द्र नेपाल , नारायण सिंह ऐरी , हरि प्रसाद भण्डारी , तत्कालीन त्रिभुवनबस्ति गा वि स अध्यक्ष जिवनराज थापा , समाजसेवी बिस्वनाथ बिष्ट , शिक्षा प्रेमि बुद्धिजीवी सहितको टिमले सामुदायिक क्याम्पस स्थापना गर्ने जमर्कोलाई पूरा गर्न आम भेला बसी विधिवत रूपमा क्याम्पस सञ्चालनमा ल्याउन सकिएको क्याम्पस प्रमुखको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

    Article inline ad #2

    स्थापनाकालमा एउटामात्र बिषय मानविकी संकाय बिषयबाट सुरु गरिएकोमा हाल मानवकी , शिक्षाशास्त्र र व्यवस्थापन थपिएका छन ।

    २४ औं बर्ष प्रवेश गर्दैगर्दा क्याम्पसमा समस्या र चुनौती हरू पनि थपिएको क्याम्पस प्रमुखको प्रतिवेदनमा उल्लेख गरिएको थियो । उचित खेलमैदान को अभाव , पुस्तकालय भवन को समस्या , प्रयाप्त पुस्तक हरूको अभाव , भवनको सुरक्षा पर्खालको आवस्यक , सभाहलको अभाव , शिक्षक कर्मचारीलाई नियमित तलब भत्ता भुक्तानी को समस्या , प्रयाप्त शौचालय को अभाव रहेको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

    कार्यक्रममा आर्थिक बर्ष २०८२ असारमसान्तसम्म को २२ लाख २७ हजार ८६८ रूपैया आमदानी तथा २१ लाख ५५ हजार ६०९ रूपैया खर्च तर्फको आयव्यय प्रस्तुत गरिएको थियो ।

    कार्यक्रममा पुनर्वास नगरपालिका प्रमुख तोय प्रसाद शर्माले जनता क्याम्पस को उन्नति र प्रगतिको शुभकामना दिनुभएको थियो ।

    जनता क्याम्पस को शैक्षिक तथा भौतिक सुधारका लागि सम्पूर्ण सरोकारवाला ले सकारात्मक दायित्व निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले क्याम्पस मा भै परिआउने बिबिध समस्याको बिषयमा लिखित जानकारी आएका नगरपालिकाले जस्तोसुकै सहयोग गर्न तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    कार्यक्रममा एमाले नेता स्थिर प्रसाद घिमिरेले शुभकामना मन्तव्य दिंदै यदि समयमै जनता क्याम्पस स्थापना नभएको भए पुनर्वास नगरपालिका पनि स्थापना हुनेथिएन , तसर्थ नगरपालिकाले पनि बार्षिक योजना तर्जुमा बनाउदा जनता क्याम्पस मा हुने समस्या को बिषय लाई प्रमुख प्राथमिकतामा राखेर कार्यक्रम तर्जुमा गर्नुपर्नेमा जोड दिनुभयो ।

    पुनर्वास जनता माविका प्रधानअध्यापक मानबहादुर तामाङले क्याम्पस को ईतिहास र वर्तमान परिस्थिति को चर्चा गर्दै क्याम्पस लाई आजको स्थितिमा पुर्याउन क्याम्पस मा अध्यापन गर्ने प्रध्यापक ज्युहरूको पनि ठुलो देन रहेको औंल्याउनु भयो ।

    स्थापनाकालमा केही समय शिक्षकहरूले निशुल्क पढाउन सहयोग नगरेको भए क्याम्पस आजको अवस्थामा हुनेथिएन प्र अ तामाङले जोड दिनुभयो ।

    क्याम्पस मा हाल क्याम्पस प्रमुख सहायक प्रमुख एबं ६ जना प्राध्यापक , १० जना शिक्षक सहित १८ जनाले अध्यापन गराउदै आएका छन ।

    कार्यक्रममा २०५८ सालदेखि २०८२ कार्तिक सम्म क्याम्पस प्रमुख रहि शारीरिक अस्वस्थ का कारण सेवा निर्वित हुनुभएका कर्ण बहादुर बुढा तथा लामो समय क्याम्पस को लेखा कर्मचारी होमनाथ चापागाईं लाई कदरपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

    कार्यक्रममा क्याम्पस का बिध्यार्थिहरूले बिबिध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

    क्याम्पस सञ्चालक अध्यक्ष पदमबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रम का प्रमुख अतिथि नगर प्रमुख तोय प्रसाद शर्मा रहनुभएको थियो भने अतिथि हरूमा निवर्तमान क्याम्पस प्रमुख कर्ण बहादुर बुढा , वडा अध्यक्ष मित्र सिंह लामा , समाजसेवी बुद्धिजीवी लगायत रहेका थिए ।
    क्याम्पस प्रमुख नगेन्द्र बहादुर जेठाराको स्वागत मन्तव्य बाट सुरु गरिएको कार्यक्रम को सञ्चालन पुस्तकालय शिक्षक कर्ण बहादुर रोकाय ले गरेका थिए

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by