Above Article Ad
  • दार्चुलाको महाकाली नदीमा झोलुङ्गे पुलको बाटो बन्द

    Above Article Content Ad
  • धनगढी : नेपाल–भारत सीमानामा पर्ने महाकाली नदीमाथिको झोलुङ्गे पुलको बाटो बन्द गरेको छ।

    महाकाली पुलको बाटो बन्द भएपछि नेपालको दार्चुला सदरमुकाम र भारतको धारचुला आउ–जाउ बन्द भएको हो।

    Article inline ad #1
  • दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले एक जना भारतीय नागरिकको हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गर्न दबाब दिने उद्देश्यले महाकाली नदीको पुल बन्द गराएको बताए। ‘धारचुलामा एउटा मर्डर केस छ। त्यो मर्डरमा संलग्न दुई जना व्यक्ति भागेर नेपाल आएको भन्ने अपुष्ट खबर छ। नेपालतर्फ हामीले पनि खोजीरहेका छौं तर फेला परेको छैन,’ प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘हत्यामा संलग्नलाई पक्राउ गर्नुपर्यो भनेर दबाब दिने उद्देश्यले स्थानीयले बाटो बन्द गराएको जानकारी भारतीय अधिकारीहरूले दिएका छन्।’ भारत सरकार आफैँले नभई भारतीय नागरिकहरूले आफ्नो सरकारलाई दबाब दिने उद्देश्यले बाटो बन्द गरेको बुझिएको पौडेलले बताए।

    Article inline ad #2

    भारतको धारचुलाका डिएमसँग बाटो खुलाउन पहल गर्ने विषयमा कुराकानी भइरहेको उनले जानकारी दिए। आज बिहान ११ बजेदेखि भारतीयहरूले प्रदर्शन गर्दै आएका छन्। त्यतिबेलादेखि नै महाकाली नदी माथिको पुलको बाटो बन्द छ। दिउँसो केही मिनेट बाटो खुले पनि अहिले फेरि बन्द भएको उनले बताए।

    जुन ७ तारिखको दिन भारत धारचुलाका कमलेश दानुको चक्कु प्रहार गरी हत्या भएको थियो। उनको हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गरी कारबाहीको माग गर्दै गत शनिवार अनुवाल समुदायका अध्यक्ष गुमान सिंह विष्ट नेतृत्वको टोलीले पिथौरागढका उपजिल्ला अधिकारी मनजित सिंहलाई ज्ञापनपत्र बुझाएको थियो। साथै उनीहरूले धारचुला बन्द र नेपाल–भारत सीमा पुल बन्द गर्ने घोषणा गरेका थिए।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by