
कैलालीको टीकापुर विमानस्थलमा तार ऐअरले प्रत्येक सोमवार उडान भर्ने
Above Article Content Ad
धनगढीः कैलालीको टीकापुर विमानस्थलमा तार ऐअरले प्रत्येक सोमवार उडान भर्ने भएको छ।
साताको तीन दिन विमानस्थलमा उडान भर्ने बताएको ताराले एक दिन मात्र भर्ने भएको हो। तारा एअरले टीकापुर नगरपालिकालाई मिति २०८१ फागुन १९ गते एक पत्र पठाउदै सोमवार हप्ताको एक दिन मात्र उडान भर्ने उल्लेख गरेको छ। नगरपालिका र तारा एअरबिच २०८१ मंसिर १८ गते भएको उडान सञ्चालन सम्बन्धी सम्झौताको शर्त नं. १ अनुसार मार्च महिनादेखी जहाज नेपालगञ्ज बेस नहुने भएकाले फ्लाईट सङ्ख्या घटाएको बताएको छ।
Article inline ad #1
Article inline ad #2

तारा एअरले २०८१ मंसिर ३० गतेबाट व्यावसायिक उडान सुरु गरेको थियो। त्यसअघि २०८१ कात्तिक १२ गते नेपाल वायुसेवा निगमको जहाजले विमानस्थलमा परीक्षण उडान भरेको थियो।
टीकापुर नगरपालिकाले १५ सिटको ग्यारेन्टी गरेपछि तारा एअरले बन्द अवस्थामा रहेको विमानस्थलमा व्यावसायिक उडान सुरु गरेको थियो।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad


























