
शिक्षक आन्दोलनमा घाइते पत्रकार कार्कीको आँखामा गम्भीर चोट, प्रहरीले बोकेरै पुर्यायो अस्पताल
काठमाडौं- आइतबार दिउँसो शिक्षकको आन्दोलनको क्रममा घाइते भएकी पत्रकार सबिना कार्कीको अहिले तिलगंगा आँखा अस्पतालमा उपचारका लागि पुर्याइएको छ ।
रिपोर्टिङका लागि पुगेकी पत्रकार कार्कीलाई प्रहरी र शिक्षकबीचको झडपको क्रममा आँखामा चोट लागेको थियो । सुरुमा उनलाई बानेश्वरस्थित सिभिल अस्पताल लगिएको थियो । त्यहाँबाट चिकित्सकले ट्रमा सेन्टर रिफर गरेको थियो । तर, उनको आँखामा चोट भएपछि तिलगंगा अस्पताल लगेर उपचार भइरहेको हो ।
‘अहिले उनको तिलगंगामा उपचार भइरहेको छ । आँखाको परेलामुनि पट्टी गर्नुपर्ने अवस्था छ,’ उनले भने ।शिक्षक र कर्मचारीमैत्री ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुको २६ औं दिनको प्रदर्शनमा आज प्रहरीसँग झडप भएको थियो ।प्रहरीले निषेधित क्षेत्र तोड्न खोजेपछि बल प्रयोग गर्नुपरेको जनाएको छ ।तर शिक्षक महासंघका नेताहरुले भने आफूहरूले शान्तिपूर्ण प्रदर्शन गरेको तर सरकारले घुसपैठ गराएर झडपको स्थिति सिर्जना भएको आरोप लगाएको छ ।
Good https://rb.gy/4gq2o4