Above Article Ad
  • जाएक भीसीमाथि हेल्प नेपालको रोमाञ्चक जित

    Above Article Content Ad
  • काठमाडौं -माल्दिभ्समा भइरहेको काभा च्याम्पियन्स लिगमा नेपालको हेल्प नेपाल स्पोर्ट्स क्लबले कजाकस्तानको जाएक भिसीमाथि ३-२ को रोमाञ्चक जित हात पारेको छ । यो जितपछि हेल्प नेपालले जाएकको तीन खेलको अपराजित यात्रामा ब्रेक समेत लगाएको छ ।

    मालेस्थित सोसल सेन्टरमा भएको निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा हेल्प नेपालले पहिलो सेट २५-२२ ले जित्दै सानदार सुरुवात गरेको थियो । तर जाएकले त्यसपछिका दुई सेट आफ्नो पक्षमा पार्दै खेलमा फर्किएको थियो । जाएकले दोस्रो सेट २५-१८ र तेस्रो सेट २५-२३ ले जितेको थियो ।

    Article inline ad #1
  • त्यसपछि हेल्प नेपालले चौथो सेट आप्नो पक्षमा पार्दै खेल २-२ को बराबरीमा ल्यायो । चौथो सेट हेल्प नेपालले २५-१८ ले सहजै आफ्नो पक्षमा पारेको थियो । पाँचौ तथा निर्णायक सेट १५-११ ले जित्दै हेल्प नेपालले खेल जितेको हो ।

    यो जितपछि हेल्प नेपालले शीर्ष दुईमा रहेर फाइनल खेल्ने सम्भावना समेत बलियो बनाएको छ । प्रतियोगितामा हेल्प नेपालको यो तेस्रो जित हो । चार खेलमा ३ जित र १ हारबाट ८ अंक जोडेको छ । पहिलो हार बेहोरेपनि जाएक ४ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा छ ।हेल्प नेपालले लिग चरणको अन्तिम खेलमा मंगलबार श्रीलंकन क्लब पोर्च अथुरिटीसँग खेल्नेछ ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by