Above Article Ad
  • राष्ट्रिय माध्यमिक विद्यालय पुनर्वास-११ को अध्यक्षमा टेक खड्का चयन

    Above Article Content Ad
  • पुनर्वास- कंचनपुरको  पुनर्वास-११ राष्ट्रिय माध्यमिक विद्यालय  विद्यालयको लामो समयको प्रतीक्षा पछि व्यवस्थापन समितिको अध्यक्षमा टेक खड्का चयन भएका छन्।

    विद्यालय व्यवस्थापन समितिको निर्वाचन प्रक्रिया सम्पन्न भएसँगै टेक खड्काले अध्यक्ष पद सम्हाल्ने भएका हुन्। विद्यालय व्यवस्थापन समितिको बैठकले सर्वसम्मत रूपमा खड्कालाई अध्यक्ष चयन गरेको हो। उनले विद्यालयको भौतिक, शैक्षिक तथा प्रशासनिक सुधारका लागि प्रभावकारी योजना ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

    Article inline ad #1
  • नवनिर्वाचित अध्यक्ष खड्काले विद्यालयको शिक्षण स्तर उकास्न, विद्यार्थीहरूको सिकाइ वातावरण सुधार्न तथा भौतिक पूर्वाधार विकासमा विशेष ध्यान दिने बताएका छन्। विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीहरूले पनि नयाँ नेतृत्वबाट सकारात्मक परिवर्तनको आशा व्यक्त गरेका छन्। विद्यालय व्यवस्थापन समितिको नयाँ कार्यसमितिले आगामी कार्ययोजनाबारे चाँडै विस्तृत योजना सार्वजनिक गर्ने जनाइएको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6