Above Article Ad
  • सर्वोच्चले आज राज्यमन्त्री चौधरीको योग्यता विवादबारे निर्णय सुनाईदै

    Above Article Content Ad
  • धनगढी : सर्वोच्च अदालतले कैलाली–२ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण कुमार चौधरीको योग्यता विवादमा आज निर्णय सुनाउने भएको छ । सांसद चौधरीको योग्यतासम्बन्धी विवादबारे सर्वोच्चले आज निर्णय सुनाउँदैछ।

    चौधरी हाल संस्कृति,पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छन् । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत,न्यायाधीहरू सपना मल्ल प्रधान,कुमार रेग्मी,हरिप्रसाद फुयाल र डा।मनोजकुमार शर्मा सम्मिलित संवैधानिक इजलासले चौधरी सांसद बन्न योग्य हुन् या होइनन् भन्ने विषयको निक्र्यौल गर्नेछ ।

    Article inline ad #1
  • मुद्दामाथि सुनुवाइका लागि १६ पटक पेशी तोकिएको थियो । २९ चैत्र २०७९ मा बसेको संवैधानिक इजलासले मुद्दामा सुनुवाइ गर्दै अन्तरिम आदेश जारी नहुने भन्दै अग्राधिकार दिएको थियो । बीचमा पेशी तोकिए पनि सुनुवाइ हुन सकेको थिएन । संवैधानिक इजलासले १७ पुसमा मुद्दाको निर्णय सुनाउने मिति तोकेको थियो।

    Article inline ad #2

    तर मिति सारेर आज सर्वोच्चले मुद्दाको निर्णय सुनाउने भएको हो।अधिवक्ता वसन्त जोशीले चौधरीले फौजदारी मुद्दामा कैद बाँकी नै रहेको अवस्थामा ढाँटेर उम्मेदवारी दर्ता गराएकाले सांसद पद खारेजीको माग गर्दै २०७९ चैत्र १६ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

    निर्वाचन आयोग,प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय,संघीय संसद सचिवलाय,राष्ट्रपति कार्यालय र अरुण कुमार चौधरीलाई रिट निवेदनमा प्रतिवादी बनाइएको छ । सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दामा दोषी ठहर भएका चौधरीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएपछि रिहा भएका थिए । रिहा भएपछि उनको सांसद पद जोगिएको थियो । सरकारले दिएको आममाफी बदर गर्दै सांसद पद खारेज गरी कैलाली–२ मा उपनिर्वाचन हुनुपर्ने माग रिटमा गरिएको छ ।

    कैलालीको गोरङ्गे खोलाबाट ढुंगा लिएर लम्की जाँदै गएको ट्याक्टरमा २०६६ भदौ ३ गते आगजनी भएको थियो । ट्याक्टर धनी मोतिपुरका महादेव बजगाईले ट्याक्टरमा आगो लगाइदिएको भनी परशुराम चौधरी,अरूण चौधरी र वीरबहादुर चौधरीविरुद्ध उजुरी दिएका थिए ।

    सोही मुद्दामा सांसद चौधरीलाई जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला गरेको थियो । सोही मुद्दा कार्यान्वयनका लागि उनी बाँकेको कोहलपुरबाट १९ माघ २०७९ पक्राउ परेका थिए । उनी २० माघ २०७९ मा जेल चलान भएका थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by