Above Article Ad
  • इजरायली सेनाले पुन:२ प्यालेस्टिनी बालबालिकाको हत्या

    Above Article Content Ad
  • काठमाडौं —युद्ध विरामअन्तर्गत सम्झौताको पहिलो चरण समाप्त हुन बाँकी हुँदै पुन: इजरायली सेनाले २ प्यालेस्टिनी बालबालिकाको हत्या गरेको छ ।

    नब्लस, टुल्कारेम, जेनिन र हिब्रोन क्षेत्रमा छापा मारेर इजरायली सेनाले दुई बालकको हत्या गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

    Article inline ad #1
  • प्यालेस्टिनी समाचार एजेन्सी वाफा र स्थानीय स्रोतहरूका अनुसार, हिब्रोनमा १३ वर्षीय बालक आयमन नासिर अल-हैमूनीलाई इजरायली सेनाले गोली हानेर हत्या गरेको हो ।

    उनलाई आफन्तलाई भेट्न जाँदा छातीमा गोली लागेको थियो र अस्पतालमा पुर्‍याइएको केही समयपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

    Article inline ad #2
    यस्तै, जेनिनमा १३ वर्षीया बालिका रिमास अल-अमौरीलाई पेटमा गोली हानिएको थियो। उनलाई पनि अस्पतालमा पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको अलजजिराले जनाएको छ ।

    जेनिनमा एक व्यक्तिलाई इजरायली सेनाले गाडीबाट घिसारेर गिरफ्तार गरेको छ भने जलाजोन शरणार्थी शिविरमा एक कैदीका छोरालाई पनि गिरफ्तार गरेको अलजजिराले लेखेको छ ।

    शनिबार गाजा युद्धविराम सम्झौता अनुसार रिहा हुन लागेको प्यालेस्टिनी बन्दीको घरमा पनि इजरायली सेनाले छापा मारेको छ ।

    आजमात्रै ६०२ प्यालेस्टिनी र ६ जना इजरायली बन्दी रिहा हुँदैछन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by