Above Article Ad
  • कञ्चनपुरको दक्षिणी क्षेत्रको बिधुत समस्याको विषयमा अखिल (क्रान्तिकारी ) का नेता सिँहले दिए कुलमानलाई ज्ञापनपत्र

    Above Article Content Ad
  • पुनर्वास –पछिल्लो समय कंचनपुरको दक्षिणी क्षेत्रमा भईरहेको विद्युत अनियमितताका विषयमा अनेरास्ववियू ( क्रान्तिकारी ) कंचनपुर क्षेत्र नम्बर“१” को तर्फबाट नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ समक्ष ज्ञापनपत्र बुझाएको छ ।

    पुनर्वास, बेलौरी, लालझाडी र बेलडाँडी क्षेत्रमा दैनिकजसो आईरहने विद्युतकोे समस्याका विषयमा नेपाल विद्युत प्राधिकरणका प्रमुख घिसिङलाई अखिल (क्रान्तिकारी ) का नेता यादब सिँहले आईतबार ज्ञापनपत्र बुझाएको हो ।

    Article inline ad #1
  • यस क्षेत्रमा पटकपटक बत्ति आउने÷जाने, फल्ट पत्ता लगाउनै समस्या, पावर डिम हुने लगायतका समस्या बढ्दो छ । उनिहरुले यस क्षेत्रको समस्या सामाधानका लागि छिटो भन्दा छिटो पहल गर्न समेत माग गरेको अनेरास्ववियू ( क्रान्तिकारी ) कंचनपुर क्षेत्र नम्बर “१” संयोजक यादब सिहले जानकारी दिए ।

    Article inline ad #2

    ज्ञापन पत्र बुझ्दै नेपाल विद्युत प्राधिकरणका प्रमुख घिसिङले चासोका साथ लिदै उक्त विषयमा बिधुत वितरण केन्द्र बेलौरीलाई तत्काल फोन मार्फत निर्देशन समेत दिएको थियो । उनले ३३ के.भि लाईनमा देखिएको समस्या, पुनर्वासमा निर्मणाधिन रहेको सब स्टेशन लगायतका विषयसँगै जनताले दुःख नपाउने गरि काम गर्न वितरण केन्द्रलाई आग्रह गरे ।

    दीर्घकालीन बिधुत समस्याको समाधानका निम्ति पुनर्वासको टाउनमा निर्माणाधीन सबस्टेसन बनाउने काम वर्षायाम सकिए लगतै निरन्तर अगाडी बढ्ने उनको भनाई छ ।
    सो क्षेत्रमा चार दिनपछिको बिधुत समस्यापछि शनिबार साँझ देखि मात्रै बिधुत नियमित सुचारु भएको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button