Above Article Ad
  • डोटीको बडीकेदारका तत्कालीन अध्यक्ष र उपाध्यक्षसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

    Above Article Content Ad
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोटीको बडिकेदार गाउँपालिकाका तत्कालीन अध्यक्ष कृष्णबहादुर चन्द र उपाध्यक्ष इन्द्राकुमारी बोहरासहित आठजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    आर्थिक वर्ष ०७७–७८ मा गाउँपालिकाको स्वामित्वमा रहेको एक्स्काभेटर भाडामा दिँदा आपसी मिलेमतोमा न्यूनतम दरभन्दा कममा ठेक्का सम्झौता गरी सरकारी कागजातसमेत लुकाएर राज्य कोषलाई ४६ लाख ९५ हजार ६०० रुपैयाँ हानी पु¥याएको ठहर गर्दै अख्तियारले मंगलबार आरोपपत्र दायर गरेको हो।

    Article inline ad #1
  • अख्तियारले चन्द र बोहरासँगै गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपकराज जैशी, लेखापाल युवराज भट्ट, तत्कालीन सबइन्जिनियर दानबहादुर पछेरा, भागरथी निर्माण सेवा, धनगढी तथा सोको सञ्चालक पशुपति जोशी र अख्तियार प्राप्त व्यक्ति केशवबहादुर बमलाई प्रतिवादी बनाएको छ।

    Article inline ad #2

    उनीहरूले प्राविधिक आधारविना कार्यपालिका बैठकबाट निर्देशिकामा उल्लिखित न्यूनतम दरभन्दा कममा (मासिक ४ लाख ५० हजार रुपैयाँ) एक्स्काभेटर भाडामा दिने निर्णय गरेको तथा उक्त ठेक्काको सूचना प्रदेशस्तरको दैनिक पत्रिकामा प्रकाशन नगरी कार्यालयको सूचना पाटीमा मात्र प्रकाशन गरेको आरोपपत्रमा उल्लेख छ।

    भागरथी निर्माण सेवाले १० महिना १२ दिन गाउँपालिकाको एक्स्काभेटर आफ्नो अधीनमा राखी करिब ८४० घण्टा प्रयोग गरी लाभ प्राप्त गरेको र सोबापत गाउँपालिकालाई बुझाउनुपर्ने ४६ लाख ९५ हजार ६ सय रुपैयाँ राज्य कोषमा दाखिला नगरेको अख्तियारले जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6