Above Article Ad
  • धनगढीको सेती प्रादेशिक अस्पतालका एक डाक्टरमाथि आक्रमण

    Above Article Content Ad
  • धनगढी: धनगढीस्थित सेती प्रादेशिक अस्पतालका एक डाक्टरमाथि आक्रमण भएको छ। सोमबार बिहान धनगढीस्थित अस्पतालमा कार्यरत डा. बेदप्रकाश पन्त आक्रमण भएको हो।

    प्राप्त जानकारीअनुसार धनगढी उपमहानगरपालिका–१३ निवासी रमतर रानाका २४ वर्षीय छोरा कृष्ण रानाले डाक्टरमाथि आक्रमण गरेका हुन्। आक्रमणका क्रममा डाक्टरको चस्मा फुट्नुका साथै उनको मुखमा चोट लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिएका छन्।

    Article inline ad #1
  • डीएसपी बोहराका अनुसार आरोपित कृष्ण रानालाई नियन्त्रणमा लिइएको छ। आक्रमणको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    Article inline ad #2

    चिकित्सकमाथि भएको यस घटनाले स्वास्थ्यकर्मीको सुरक्षाबारे प्रश्न उठाएको छ। अस्पतालभित्र नै डाक्टरहरू असुरक्षित महसुस गर्नुपर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण भएको भन्दै चिकित्सकहरूले सुरक्षा व्यवस्थाको माग गरेका छन्।

    राना मानसिक रुपमा अस्वस्थ भएको बुझिएको प्रहरीले जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by