
हाँस्य टेलिसिरियल “नसानाडी” मा पत्रकार पनेरूको अभिनय
धनगढी । बिहीबार हाँस्य टेलिसिरियल नसानाडीको छायांकन सुरु भएको छ ।
जनचेतना सञ्चार समुहद्वारा निर्मित सिरीयल नसानाडीको अभिनय पात्रका रुपमा पत्रकार मोहन पनेरु पनि सहभागी भएका छन् ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. ९ मा रहेको राजघाटमा छायांकन गर्न सुरु गरिएको संस्थाका अध्यक्ष विजयराज जोशीले जानकारी दिए । उनले एक औपचारिक कार्यक्रमको आयोजना गरेर सिरीयलको छायाँकनको शुरुवात गरिएको बताए । उक्त सिरीयलले समाजमा भएका बिकृति, विसंगतीविरुद्ध जनचेतना फैलाउने लक्ष्य राखेको छ । सुदूरपश्चिमको भेषभुषा र भाषा संस्कृतीलाई समेत जगेर्ना गर्ने र यहाँको रहनसन लगाएतका कुराहरुलाई ब्याङ्गयात्मक तरिकाले पर्दामा उतार्ने गरी काम गर्ने निर्माण पक्षले जानकारी दिएको छ ।
सिरीयलको कथा/पटकथा/सम्बाद/लेखन र निर्देशन निखील आचार्य, दिर्घ शाही र विजय जोशीले गरेका छन् भने छायांकन देबेन्द्र पाण्डे गरिरहेका छन् । सिरियलको प्रसारण न्यूज नेपाल टेलिभिजन एचडीले गर्ने भएको छ । उक्त सिरीयल आउँदो फागुनदेखि प्रसारण गर्ने तयारी रहेको छ । सिरीयलमा निखिल आचार्य, दिर्घ बहादुर शाही, सुदिप थापा, विजयराज जोशी, नरेशप्रसाद जोशी, मोहन पनेरु, सुरज चन्द, जमुना साउँद, सिता चौधरी, सृजना भट्ट लगायत कलाकारहरुको अभिनय रहेको छ ।
यसको शिर्ष गीतमा स्वर संगीत/संगीत संयोजन बसन्त साधकले गरेका हुन भने उनलाई निसा दहितले गायनमा साथ दिएकी छन्।