
एसपीएल एकेडेमीमा पहिलो चरणको बिज्ञान विषयको प्रवेश परिक्षा सम्पन्न
पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिका-३, स्थित एसपीएल एकेडेमीले कक्षा ११ मा भर्नाका लागि पहिलो चरणको बिज्ञान विषयको प्रवेश परिक्षा सम्पन्न गरेको छ ।
शुक्रबार विभिन्न निजि तथा सामुदायिक बिद्यालयबाट एसईइमा उत्कृष्ट नतिजा ल्याई उत्तीर्ण भएका बिद्यार्थीहरुले बिज्ञान बिषय अध्ययनका लागि प्रवेश परिक्षा दिएका हुन् ।
पहिलो चरणको प्रवेश परिक्षामा २६ जना छात्र-छात्राहरुको उपस्थिति रहेको र अर्को अन्तिम चरणको प्रवेश परिक्षा साउन २६ गते लिईने प्रीन्सिपल खगेन्द्र जोशीले जानकारी दिए ।
साउन २२ गते पहिलो नतिजा प्रकाशन गरी साउन २९ गते बिहान १० बजेदेखि कक्षा सञ्चालन हुने र पहिलो प्रवेश परिक्षामा उत्कृष्ट अंक ल्याउने प्रथम, द्वितीय र तृतीयलाई छात्रवृत्तिको समेत व्यवस्था गरिएको प्रीन्सिपल जोशीले बताए ।
एस.पी.एल. एकेडेमी पुनर्वास क्षेत्रमै कक्षा ११ र १२ मा बिज्ञान बिषय पढाई हुने पहिलो र एकमात्र बिधालय हो ।