Above Article Ad
  • कैलाली र कञ्चनपुरबाट लागुऔषधसहित चार पक्राउ

    Above Article Content Ad
    • पुनर्वास –कैलाली र कञ्चनपुरबाट लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ।

    उनीहरूबाट प्रहरीले खैरो हेरोइन, विभिन्न प्रतिबन्धित औषधीय एम्पुल तथा सिरेन्ज समेत बरामद गरेको हो।

    कैलालीको बर्दगोरिया गाउँपालिका–४ स्थित मुडाबजार चोकबाट मङ्गलवार सोही गाउँपालिका–१ का ३४ वर्षीय अरुण बादीलाई शंका लागि चेकजाँच गर्दा खैरो हेरोइन जस्तो देखिने १६० मिलिग्राम लागूऔषध फेला परेको थियो। उनलाई इलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।

    Article inline ad #1
  • यस्तै, कञ्चनपुरको बेलौरी नगरपालिका–१ मटैयाबाट दुई जना युवालाई लागुऔषधसहित पक्राउ गरिएको छ। बेलौरी नगरपालिका–३ का २५ वर्षीय तेजबहादुर कार्की र भीमदत्त नगरपालिका–४ का २५ वर्षीय रोहित भट्टलाई प्रहरीले चेकजाँच गर्दा विभिन्न खालका लागुुऔषध र एउटा सिरिन्ज बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उनीहरूलाई प्रहरी चौकी फटैयाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

    Article inline ad #2

    भीमदत्त नगरपालिका–३ बस्ने ललित जोशीको घर कोठामा प्रहरीले खानतलासी गर्दा १.०६ ग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको छ। उनलाई पनि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरूमाथि लागूऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by