Above Article Ad
  • ६ महिनादेखि सुदूरपश्चिममा परिवार नियोजनका अस्थायी साधनको अभाव

    Above Article Content Ad
  • कैलालीको चुरे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गजेन्द्र बिष्टले स्वास्थ्य संस्थाहरूमा आइयुसिडी (कपर्टी), इम्प्लान्ट र डिपो प्रोभेराको अभाव रहेको बताए। उनले डिपोको सट्टा साइनाप्रेस सिफारिस गर्नुपरेको बताए। परिवार नियोजनको अस्थायी साधन कपर्टी र डिपो नियमित रूपमा प्रयोग गरिरहेका र गर्न चाहने सेवाग्राहीलाई स्वास्थ्य संस्थाले त्यहाँ उपलब्ध रहेको अन्य साधन प्रयोग गर्न सल्लाह दिने गरेको बिष्टले बताए।‘आइयुसिडी, इम्प्लान्ट र डिपो प्रोभेरा हामीसँग छैन। साइनाप्रेस भने हामीसँग छ। सेवाग्राहीलाई विकल्पका रूपमा साइनाप्रेस कन्डम र पिल्स प्रयोग गर्न सल्लाह दिइरहेका छौँ,’ स्वास्थ्य शाखा प्रमुख बिष्टले भने।

    Article inline ad #1
  • बैतडीको पुर्चौडी नगरपालिका-१ हाट स्वास्थ्य चौकी प्रमुख दिपेन्द्र धामीले स्वास्थ्य संस्थामा परिवार नियोजनका साधनको अभाव रहेको बताए। उनले तीन/चार महिनादेखि अस्थायी साधनको अभाव भएको बताए। ‘हामी कहाँ अस्थायी साधनको अभाव भएको छ। संघीय सरकारबाट आउने हो। कहिले आउँछ भन्ने थाहा छैन। कसैले कन्डम लिएर जान्छन् अन्य विकल्पहरुको अभाव नै छ।’ हाट स्वास्थ्य चौकीमा दैनिक ४/५ जना सेवाग्राही परिवार नियोजनका साधनका लागि आउने गरेको धामीले बताए। अहिले डिपोको ६ डोज मात्रै मौज्दात रहेको उनले जानकारी दिए।

    Article inline ad #2

    बझाङ स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले जिल्लाका स्वास्थ्य संस्थाहरूमा परिवार नियोजनका अस्थीय साधनको अभाव रहेको बताए। उनले स्वास्थ्य संस्थाहरूले तीन महिनादेखि डिपो प्रोभेरा, इम्प्लान्ट, आइयुसिडीको मौज्दात सकिएको गुनासो गर्न थालेको बताए। ‘बझाङका स्थानिय तहमा रहेका स्वास्थ्य संस्थाहरूमा परिवार नियोजनको अस्थायी सधानहरूको अभाव भएको चार महिना हुन थालेको छ,’ उनले भने, ‘परिवार नियोजनका साधान स्थानीय तह र प्रदेशले आफैं खरिद गर्न पाउँदैनन् संघबाट उपलब्ध नहुँदा समस्या भएको छ।’

    बैतडीको तल्लादेही स्वास्थ्य चौकीका इन्चार्ज देवराज जोशीले डिपो लगाउन आउने सेवाग्राहीलाई अहिलेलाई कन्डम र पिल्स प्रयोग गर्न सल्लाह दिने गरेको बताए। पालिकामा अस्थायी साधनको मौज्दात सकिएको पुर्चौडी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख विनोद कुँवरले बताए।
    गोदावरी नगरपालिकाअन्तर्गतको मालाखेती अस्पतालमा डिपो प्रोभेरा सकिएको तीन महिना भयो। ‘सेवाग्राहीलाई डिपोको विकल्पमा साइनाप्रेस लगाउन थालेको अस्पतालकी नर्सिङ निरीक्षक यशोदा ढकालले बताइन्।

    बैतडी जिल्लामा करिब ६ महिनादेखि पारिवार नियोजनको साधनहरूको अभाव रहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जिल्लामा कण्डम बाहेक अन्य साधनको अभाव रहेको बताए।

    स्वास्थ्य कार्यालय दार्चुलामा पनि परिवार नियोजनका अस्थायी साधनको अभाव भएको लामो समय भइसकेको छ। करिब चार महिनादेखि जिल्लाभरका स्वास्थ्य संस्थामा अस्थायी साधनकको अभाव रहेको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख देवराज जोशीले बताए।

    यस्तै, स्वास्थ्य कार्यालय कैलालीले पनि डिपो प्रोभेरा, इम्प्लान्ट, साइनाप्रेस, आइयुडीलगायतका परिवार नियोजनका साधनको अभाव रहेको जनाएको छ। स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले परिवार नियोजनका साधनको तीन/चार महिनादेखि अभाव रहेको बताए।

    डिपो प्रोभेरा, इम्प्लान्ट, साइनाप्रेस, आयुसिडीलगायतका परिवार नियोजनका साधनको प्रदेशभरि अभाव रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीले जनाएको छ। संघ सरकारले उपलब्ध गराउने यी साधन आपूर्ति व्यवस्थापन केन्द्रले जिल्ला स्वास्थ्य कार्यालयहरू र जिल्ला स्वास्थ्यले पालिकामार्फत स्वास्थ्य संस्थाहरूमा आपूर्ति गर्छन्।

    प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका सूचना अधिकारी एवं फार्मेसी निरीक्षक जयन्द्र बोगटीले केन्द्रमा इम्प्लान्ट, डिपो र साइनाप्रेसको मौज्दात सकिएको तीन महिना भएको बताए। उनले कन्डम, पिल्सलगायत साधनको सिमित आपूर्ति भए पनि त्यो चाहिनेजति नभएको बताए। ‘संघ सरकारबाट नै उपलब्ध नहुँदा केही महिनादेखि परिवार नियोजनका साधनको अभाव भएको हो,’ उनले भने, ‘सबै जिल्लामा उपलब्ध भएको परिवार नियोजनका साधन केही मात्रामा पठाइएको छ। तर माग आएजति पठाउन सकिएन। मौज्दात थोरै भएकाले पठाउन नसकिएको हो।’ बोगटीले जिल्लाहरूमा आकस्मिक माग मात्रै परिपूर्ति गर्न सकिएको नियमित माग बमोजिम आपूर्ति गर्न नसकिएको बताए।

    प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीले भदौमा ९ जिल्लामा ७० हजार पाँच सय गोटा पिल्स, ६ सय इम्प्लान्ट, ८ सय डिपो, ६ सय आइयुसिडी र १२ हजार डोज साइनाप्रेस वितरण भएको जनाएको छ। केन्द्रका अनुसार साइनाप्रेस कैलाली, कञ्चनपुर र अछाम जिल्लामा मात्र लागू भएको छ।
    महिलाले प्रयोग गर्ने डिपो र साइनाप्रेस तीन महिनाको अन्तरमा लगाउनुपर्छ भने आइयुसिडी, इम्प्लान्ट बहुवर्षीय अस्थायी साधन हुन्। पिल्स दिनहुँ खानेचक्की हो।

    स्वास्थ्य कार्यालय बझाङका प्रमुख लालबहादुर धामीले परिवार नियोजनका साधनमा सहज पहुँच नहुँदा चाहनाभन्दा बढी सन्तान जन्मिने, जनसंख्या वृद्धि हुने, गर्भपतनको जोखिम बढ्ने र जन्मान्तर प्रभावित हुने बताए। छिटो-छिटो सन्तान जन्माउँदा महिलाहरूको स्वास्थ्यमा प्रतिकूल असर देखापर्ने जोखिम बढ्ने उनले बताए।

    सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाइने परिवार नियोजनका साधनमध्ये कतिपय निजी अस्पताल र मेडिकलमा किन्न पाइदैनन्। आपूर्ति केन्द्रका अनुसार इम्प्लान्ट, आइयुडीलगायत केही साधन निजी क्लिनिकमा किन्न पाइँदैन। संघीय सरकारले आपूर्ति गर्ने साधन र औषधी प्रदेश र स्थानीय तहले खरिद गर्न नपाउने नियम छ

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by