
कञ्चनपुरको पुनर्वासमा सर्पको टोकाईबाट एक बालिकाको मृत्यु
Above Article Content Ad
पुनर्वास-कञ्चनपुरको पुनर्वासमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ।
सोमबार पुनर्वास नगरपालिका वडा नम्बर ८ क गाउँमा नारायण थापाकी १३ वर्षीय छोरी जानकी थापाको सर्पको टोकाइबाट मृत्यु भएको हो ।
Article inline ad #1
गयराति घरमा सुतेको अवस्थाबाट उनलाई टाउको दुख्ने, खुट्टा दुख्ने लक्षणहरू देखा परेको र बिहान उपचारका लागि पुनर्वास-६, स्थित टाउन हस्पिटल लैजाँदा अवस्था गम्भीर देखिएपछि त्यहाँबाट सिधै धनगढी स्थित सेती प्रादेशिक अस्पताल रेफर गरिएको थियो ।
Article inline ad #2
सेती प्रादेशिक अस्पतालमा उपचारका लागि लैजाने क्रममा बालिकाको मृत्यु भएको परिवारले जनाएको छ।
मृत्युपछि उनलाई अस्पतालले सर्पको टोकाईबाट मृत्यु भएको जानकारी दिएको थियो।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
+1
+1
+1
+1
Below Article Content Ad















