Above Article Ad
  • नारी दिवस : विश्व खोज दैनिकद्वारा महिला कर्मचारीलाई सम्मान

    Above Article Content Ad
  • पुनर्वास–सिँगो सुदुरपश्चिमका समसामयिक विषयबस्तुको उठान गर्दै कञ्चनपुरको दक्षिणी क्षेत्रमा दैनिक रुपमा प्रकाशन हुने विश्व खोज दैनिक पत्रिकाले ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाईएको छ ।

    बुधबार दैनिकको कार्यालयमा कार्यरत ४ जना महिला कर्मचारीहरुलाई सम्मान गरी नारी दिवस मनाईएको हो ।

    Article inline ad #1
  • मिठो परिकार खुवाउँदै दोसल्ला सहित दैनिकका कार्यकारी सम्पादक हरिलाल जोशी र सह–सम्पादक केशव भट्टराईले उनीहरुलाई अबिर सहित दोसल्लाले सम्मान गरेको थियो ।

    Article inline ad #2

    सम्मान पश्चात दैनिकका सह–सम्पादक तथा कार्यकारी सम्पादकद्वोयले थिचोमिचोमा हैन समाजमा हुने महिला प्रतिका विभेदपूर्ण व्यवहारको अन्त्य गर्दै महिलाको हरेक समस्यालाई मिडिया मार्फत बुलन्द आवाज गरी सक्रिय भई लाग्न अनुरोध गर्नुभएको थियो ।
    अहिले पनि दक्षिणी क्षेत्रमा महिला पत्रकारहरुको संख्या निकै न्यून छ । तपाईहरु बजार प्रतिनिधिका रुपमा मात्रै सिमित नरहेर समाज रुपान्तरण गर्ने एक साहसी महिला पत्रकारका रुपमा उभिनुपर्ने कुरालाई जोड दिनुभएको थियो ।

    समुदाय स्तरमा दबिएर रहेका कुरिती,कु–संस्कार,हिँसा,अत्याचार लगायतका विषयलाई उठान गरी सञ्चार माध्यमका तर्फबाट समाधान गर्ने ध्येयका साथ सो दैनिक पत्रिका र अनलाईन मिडियालाई स्थापना गरिएको हो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by