
प्रतिभा बहुमुखी सहकारी संस्थाको २७ औं वार्षिक साधारण सभा सम्पन्न
कञ्चनपुरको पुनर्वास नगरपालिका–६ मा रहेको प्रतिभा बहुमुखी सहकारी संस्थाको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार एक औपचारिक कार्यक्रमका बीच संस्थाको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा आर्र्थिक बर्ष २०८०÷८१ को बार्षिक प्रतिबेदन, आयव्यय र आर्थिक बर्ष २०८२÷८३ को प्रस्तावित आयव्यय तथा कार्ययोजना प्रस्तुत गरिएको थियो । सहकारीले आर्थिक बर्ष २०८०÷८१ मा १ करोड ३९ लाख ८१ हजार ३ सय ९६ रुपैयाको कारेबार गरेको संस्थाका अध्यक्ष बिश्वनाथ बिष्टले जानकारी दिनुभयो । यस्तै आर्थीक बर्ष २०८२÷८३ मा सहकारीले ४ करोड ८५ लाख ५० हजार कारोबार गर्ने लक्ष्य राखेको उहाँले बताउनुभयो। साधारण सभामामा प्रमुख अतिथीको तर्फबाट बोल्दै पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले एउटै उद्धेश्य बोकेका सहकारीहरु मर्जगर्न आवश्यक रहेको बताउनुभयो ।उहाँले सहकारीका सञ्चालन र ब्यवस्गापनका लागी सहकारीकर्मीलाई पालिकाको तर्फबाट तालीम लगायत आवश्यक सहजीकरण गरीरहेको समेत जानकारी दिनुभयो । साधारणसभामा संस्थाका अध्यक्ष विश्वनाथ बिष्टको सभाध्यक्ष तथा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माको प्रमुख आतिथ्य रहेको थियो । त्यस्तै बिशिष्ट अतिथीमा पुनर्वास नगरपालिकाको नगर उपप्रमुख भुलीया कुमारी राना, निर्वतवान नगर प्रमुख जिवनराज थापा र निर्वतवान नगर उपप्रमुख शारदा बिष्ट आसिन थिए । यस्तै पुनर्वास–६ का वडाध्यक्ष मित्र सिंह लामा, पालीकाका सहकारी विभाग प्रमुख धौलाराम सार्की भरत बहादुर बिष्ट, शंकर केसी, राजकुमार रायमाझी, कञ्चन गीरी, दुर्गा नेपाल लगायत विभिन्न व्यक्तित्वहरुको उपस्थिीती रहेको थिए । सहकारीका उपाध्यक्ष कृष्णबहादुर तामाङले स्वागत मन्तव्य दिएका थिए । भने कार्यक्रम सञ्चालन व्यवस्थापक नवराज सुबेदीले गरेका थिए ।