Above Article Ad
  • “द फोर्स कप फुटबल” मालिकालाई पराजित गर्दै श्री मोती अमर युवा क्लबको शानदार जित

    Above Article Content Ad
  • पुनर्वास, कञ्चनपुरको पुनर्वास नगरपालिका–१ स्थित न्यु बिरेन्द्र युवा क्लबद्वारा आयोजित चौथो “द फोर्स कप“ फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा श्री मोती अमर युवा क्लब विजयी भएको छ ।

    श्री मालिका युवा क्लबलाई शुन्यका विरुद्ध ४ गोल प्रहार गर्दै श्री मोति अमर युवा क्लब विजयी भएको हो ।

    Article inline ad #1
  • खेल प्रारम्भदेखि नै आक्रामक रणनीति अपनाएको मोती अमर युवा क्लबले पहिलो हाफमै दुई गोल गर्दै अग्रता लिएको थियो । त्यसपछि दोस्रो हाफमा थप दुई गोल थप्दै आफ्नो जित सुनिश्चित गर्न सफल भएको थियो । निकै प्रतिस्पर्धा र अनुशासन तरिकाले खेलाडीहरुले खेल प्रस्तुत गरेपछि दर्शकहरू समेत हौसिएका थिए । टिमको उत्कृष्ट समन्वय, खेलाडीहरूको लगनशीलता र प्रशिक्षकको कुशल प्रशिक्षणले टिमलाई शानदार जिततर्फ डो¥याएको क्लबका अध्यक्ष लालबहादुर एसकेले जानकारी दिए ।

    Article inline ad #2

    खेलाडीहरूको दमदार प्रदर्शन

    मोती अमर युवा क्लबका खेलाडीहरूले उत्कृष्ट खेल प्रस्तुत गरेका थिए । टिमका फर्वाड खेलाडीहरूले प्रभावशाली खेल प्रदर्शन गर्दै विपक्षी डिफेन्सलाई निरन्तर दबाबमा राखे । मध्य मैदानका खेलाडीहरूले खेललाई नियन्त्रणमा राख्दै उत्कृष्ट पासिङ र निर्माणात्मक खेल देखाए । डिफेन्स र गोलरक्षकले पनि कुनै मौका नदिई विपक्षीलाई गोल गर्नबाट रोक्न सफल रहे।

    क्लबका अध्यक्षद्वारा धन्यवाद ज्ञापन

    मोती अमर युवा क्लबका अध्यक्ष लाल बहादुर एस.के ले टिमको उत्कृष्ट प्रदर्शनप्रति खुशी व्यक्त गर्दै क्लबलाई साथ, समर्थन, र सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद दिएका छन् ।

    “देश–विदेशमा रहनुभएका हाम्रा शुभेच्छुक साथीहरूले खाई–नखाई गरी क्लबलाई जुन सहयोग प्रदान गर्नुभएको छ, त्यसका लागि हामी हृदयदेखि नै आभारी छौं। तपाईंहरूको माया, समर्थन र प्रेरणाले नै हाम्रा खेलाडीहरूलाई आत्मविश्वास प्रदान गरेको छ ।“अध्यक्ष एसकेले भने,

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    1
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by