
भैरव बिद्या निकेतनको वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
पुनर्वास–छोटो समयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाका रुपमा चिनिने पुनर्वास नगरपालिका–२ स्थित भैरव बिद्या निकेतनको वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
सोमबार एक भव्य समारोहका बीच बिद्यालयको सातौं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मला खड्काको सभापतित्वमा सम्पन्न समारोहको प्रमुख अतिथीमा अभिभावक रामवृक्ष राना र बिशिष्ट अतिथीमा पुनर्वास नगरपालिका(५ का वडा सचिव रामराज जोशी रहनुभएको थियो । भने विभिन्न व्यक्तित्वहरुको
आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथीको आसनबाट बोल्दै रानाले बिद्यालयको प्रगतीको शुभकामना व्यक्त गर्दै सामुदायिक विद्यालयमा सरकारको लगानी थुप्रो भएपनि गुणस्तरीय शिक्षामा निजि बिद्यालयहरु अग्रस्थानमा भएको बताउनुभयो ।
त्यस्तै, विशिष्ट अतिथीको आसनबाट बोल्दै वडा सचिव जोशीले देश विकासको मेरुदण्ड नै शिक्षा भएको बताउनुभयो । भैरव बिद्यालय स्थापनाको लामो ईतिहास नभएपनि गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयका रुपमा स्थापित भएको उहाँको भनाई थियो ।
सभापतिको आसनबाट बोल्दै निर्मला खड्काले आफ्ना बालबालिकाहरुको शैक्षिक अवस्थाका विषयमा अभिभावकहरुको बिद्यालयमा निगरानी हुन जरुरी रहेको बताउनुभयो ।“शिक्षकहरुको एकल प्रयासबाट मात्रै बिद्यार्थीहरुको स्तर वृद्धि हुँदैन यसमा अभिभावकहरुको पनि महत्वपुर्ण भुमिका रहन्छ ।” उहाँले भन्नुभयो,“समय (समयमा बिद्यालयका गतिबिधिहरु बुझ्न आईदिनुस ।”
अभिभावकहरुको घैटो फोड,विद्यार्थीहरुको नृत्य तथा स्पिच रहेको समारोहमा खेलका विभिन्न बिद्यामा उत्कृष्ट हुने बिद्यार्थीहरु र अभिभावक सीता बिष्टलाई पुरस्कार समेत प्रदान गरिएको थियो । भने विद्यालयका संस्थापक लालबहादुर खड्काले कार्यक्रमलाई सहजीकरण गर्नुभएको थियो ।