Above Article Ad
  • बेलौरीमा हाटबजार पुनः सञ्चालन

    Above Article Content Ad
  • कञ्चनपुर- कञ्चनपुरको बेलौरी नगरपालिका–६ खुलामञ्च छेउमा तीन वर्षदेखि बन्द अवस्थामा रहेको हाटबजार पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको छ।आवश्यक भौतिक संरचना निर्माण तथा मर्मत गरी नयाँ व्यवस्थापनका साथ हाटबजार सञ्चालन गर्न लागिएको हो।

    नगर उपप्रमुख जोगराम चौधरीका अनुसार हाटबजार सञ्चालनका लागि आवश्यक पूर्वाधार सुधारको काम तीव्र रूपमा अघि बढाइएको छ। “हाटबजारस्थलमा १२ नयाँ प्रदर्शनी कक्ष निर्माण गरिएका छन्, पुराना ११ प्रदर्शनी कक्ष मर्मत गरिएका छन्”, उनले भने, “शौचालय सरसफाइ गरी प्रयोगयोग्य बनाइएको छ भने हाटबजार परिसरमा सरसफाइ र रङरोगनको काम पनि सम्पन्न गरिएको छ।”

    Article inline ad #1
  • उपप्रमुख चौधरीका अनुसार हाटबजार एक हप्ताभित्रै सञ्चालनमा ल्याइने तयारी भइरहेको छ। “हाटबजार सञ्चालन भएपछि बेलौरी बजार क्षेत्रका १० हजारभन्दा बढी किसान प्रत्यक्ष लाभान्वित हुनेछन्”, उनले भने। तीन वर्षअघि प्रभावकारी व्यवस्थापन अभावका कारण बन्द भएको हाटबजारलाई यसपटक व्यवस्थित रूपमा सञ्चालन गर्ने लक्ष्य लिइएको छ। नयाँ व्यवस्थापनसँगै दिगो रूपमा सञ्चालन गर्ने योजना बनाएको चौधरीले बताए।

    Article inline ad #2

    बेलौरी नगरपालिकाभित्र यसअघि कलकत्ता, गोकुलपुर र बेलौरीमा हाटबजार सञ्चालनमा रहेका थिए। तीमध्ये हाल कलकत्ताको हाटबजारमात्र सञ्चालनमा रहेको छ भने गोकुलपुर र बेलौरीका हाटबजार बन्द अवस्थामा थिए। अब नगरपालिकाले ती बन्द हाटबजारलाई पुनः सञ्चालनमा ल्याएर किसानलाई सहजता प्रदान गर्ने योजना अघि बढाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6